२९ आश्विन २०८३, बिहिबार

ओमलाई आमासँग धित नमरेपछि छोरीतिर लाग्दा……

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्बिर
फाइल तस्बिर

नयाँदिल्ली, ५ फागुन । भारतको नयाँदिल्लीस्थित गुडगांवको लक्ष्मण विहार फेस २ इलाकामा एक युवतीलाई आफ्नी आमाका प्रेमीले डर देखाएर बलत्कार गरेपछि पीडित युवतीले आमा र आमाका प्रेमीविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

लिभ इन पार्टनरका रुपमा आफ्नी आमासँग बस्दै आएका ओम प्रकाशविरुद्ध स्थानीय प्रहरीम २० वर्षीया ती युवतीले उजुरी दिएको एसीपी पीआरओ हवा सिंहले बताएका छन् । पीडित युवती कानुनको विषयमा अध्ययनरत छिन् ।

पुलिसले पीडित युवतीको उजुरी स्थानीय अदालतको आदेशपछि सेक्टर पाँचको पुलिस थानामा दर्ता गरेको छ । पुलिसले कयौँ पटक ती युवतीको बलात्कारको आरोप दर्ता गर्न नमानेपछि पीडितले स्थानीय अदालतमा पुलिसविरुद्ध पनि उजुरी दिएकी थिइन् ।

एसीपी स्पीआरओस् हवा सिंहले भने, ‘आफ्नी आमा र लिभ इन पार्टनर ओम प्रकाशबीच विहे हुन कुरा भएपछि युवतीसँग ओम प्रकाशले जिस्काउन थालेका हुन् । युवतीका सम्वेदनशील अंगमा समाउने । आमा नभएको बेला चक्कु देखाएर बलत्कार गर्ने गरेका रहेछन् ।’

१५ डिसेम्बर २०१५ मा आमा घरमा नभएका बेला ओम प्रकाशले आफूलाई चक्कु देखाएर बलत्कार गरेको ती युवतीले आफ्नो उजुरीमा लेखेकी छिन् ।

युवतीले बलत्कारको यो घटनालाई लुकाउन आफूलाई दबाव दिएको र ओम प्रकाशलाई पनि सहयोग गरेको भन्दै प्रहरीमा अर्को उजुरी पनि दिएकी छिन् ।

बलत्कारको घटना दर्ता गराएको पुलिसले अनुसन्धान सुरु गरेको जनाएको छ । एजेन्सी