काठमाडौं, ५ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हङ्कङ्बाट स्वदेश फिर्ता भएका छन् ।
हङ्कङ्मा आफ्नो दलका शुभेच्छुक संस्थाले राखेको कार्यक्रममा सरिक हुन पुगेका अध्यक्ष यादव मंगलबा राति काठमाडौं आइपुगेका हुन् ।
हङ्कङ्मा रहेका बेला त्यहाँस्थित आफ्ना शुभेच्छुक र कार्यकर्ताहरूसँग भेटवार्ता गरेका यादवलाई कांग्रेस, एमालेसहितका दलका समर्थकले विरोध गर्दै प्रदर्शन समेत गरेका थिए ।
स्रोतका अनुसार यादवले हङ्कङ्मा रहेका केही चिनियाँ उच्च अधिकारीलाई पनि भेट गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र मधेस आन्दोलनका बारेमा कुराकानी भएको स्रोतको दाबी छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले हङ्कङ्मा चार दिन विताएका हुन् । संघीय समाजवादी फोरमले राखेको कार्यक्रमलाई पनि यादवले सम्बोधन गरेका थिए ।












प्रतिक्रिया