१ कार्तिक २०८३, आइतबार

बेपत्ता महिला मृत फेला परिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalikot_district

कालीकोट, ६ साउन । कालीकोटको मान्ममा आएको पहिरोमा पुरिएर बेपत्ता भएकी विष्णा पाण्डे सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

आइतबार साँझ सदरमुकाम मान्ममा खाना बनाउन लागेको समयमा आएको पहिरोका कारण पुरिएर बेपत्ता भएकी विष्णाको उद्धारका क्रममा नेपाली सेना, नेपाल प्रहरी र रेडक्रसका प्रतिनिधिको टोलीले नसकेपछि सोमबार बिहान डोजरमार्फत खोजी गरेपछि पाण्डे मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाका कारण बालविकास आवासीय विद्यालयमा पहिरो आएपछि विद्यालयसमेत बन्द भएको छ ।