
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोली लिएर भारत भ्रमणमा जानुहुने भएको छ ।
मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृत गर्दै ४६ सदस्यीय भ्रमण टोलीको टुंगो लगाएको हो ।
प्रधानमन्त्री ओली यही फागुन ७ गतेबाट भारतबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्दै हुनुहुन्छ ।
भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत लगायत रहनुभएको छ ।
नाकाबन्दीले विग्रिएको नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुगाउन प्रधानमन्त्री पहिला भारतको भ्रमण गर्न लागेका हुन् । भारतपछि छिट्टै चीन जाने तयारी पनि भइरहेको छ ।












प्रतिक्रिया