– सुमन घिमिरे
मोरङ, ४ फागुन । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले आफ्ना कार्यकालका तीन कार्ययोजना सार्वजनिक गर्नु भएको छ ।
पूर्व क्षेत्रको प्रहरी प्रमुखका रुपमा सरुवा भएपछि गत बिहीबार विराटनगर आइपुग्नु भएका उहाँले आज क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा परिचयात्मक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आफ्ना कार्य योजना सार्वजनिक गर्नु भएको हो ।
डीआईजी जोशीले नागरिक मैत्री प्रहरी कार्यक्रम, अपराध नियन्त्रण योजनाको कार्यान्वायन र आर्थिक परदर्शीता तथा जाफदेहिता आफ्नो कार्यकालका मुख्य प्राथमिकता रहेको जानकारी दिनुभयो ।
उहाँले आर्थिक पारदर्शीता, अपराध नियन्त्रण तथा अनुसन्धान, सीमा अपाराध नियन्त्रण, कालोबजारी नियन्त्रण लगायतका विषयमा कोही कसैसंगपनि सम्झौता नगरिकन नियम कानुन अनुसार अघि बढ्ने बताउनुभयो ।
उहाँले पूर्व क्षेत्रमा नागरिक मैत्री प्रहरी बनाउने बचनपनि दिनु भएको छ । घिमिरेले मुख्य प्राथमिकतामा परेका बाहेक अन्य काम कारवाहीका सिलसिलामा प्रत्येक महिना नयाँ कार्य योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले प्रत्येक महिना पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रहरीले गरेका गतिविधी तथा काम कारवाहीका बारेमा जानकारी गराउँदै सर्वसाधारण जनताले सूचनाबाट सुसूचित हुने हकको सम्मान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।












प्रतिक्रिया