२४ कार्तिक २०८३, मंगलबार

२३ वर्षपछि उपाधि उचाल्ने फुटबल खेलाडी भोली ३ बजे काठमाडौं आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, ४ फागुन । फाइनलमा भारतलाई हराउँदै २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपानधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो ३ बजे काठमाडौं आउने भएको छ ।

विजेता नेपाली टिम बागडोगराट भद्रपुर विमानस्थल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार नेपाली टोली राजधानी पुगेलगत्तै विशाल विजयी र्याली निकालिनेछ ।

त्रिभुवन विमानस्थलबाटै सुरु हुने विजय र्याली तिलगंगा, गौशाला चौक, रातोपुल, ज्ञानेश्वर, ल्होत्से चौक, कमलपोखरी, पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनीमार्ग, सभागृह मोड, भद्रकाली, सुन्धारा, न्यूरोड, जुद्ध सालिक, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी, महेन्द्र सालिक, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुंगिनेछ ।

सोमबार राति भएको साग फाइनल खेलमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको थियो ।