२४ कार्तिक २०८३, मंगलबार

धरहरा बनाउन प्रधानमन्त्रीले दिए एक महिनाको तलब, विदेशीलाई निर्माण गर्न नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-oli

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीले धरहरा पुनर्निर्माणमा एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

बैशाख १२ को विनाशकारी भूकम्पमा भत्किएको धरहरा आफ्नै पैसामा बनाउनुपर्ने भन्दै ओलीले मंगलबार एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

मंगलबार धरहरा परिसर मै आयोजित कार्यक्रममा प्रधानमन्त्रीले ओलीले जनताको पैसाले धरहराको पुननिर्माण गरिने बताए । उनले भने– ‘धरहरा निर्माण गर्नका लागि विदेशी सहयोग नलिउ । आफ्नै सम्पदा धरहरा आफैं निर्माण गरौं । दातृ निकायको सहयोग धेरै लिइयो । अब हामी आफैंले पनि केही गरौं । त्यसका लागि धरहरा जनताको पैसाबाट बनाऔं ।’

धरहरा निर्माणका लागि एउटा छुट्टै खाता सञ्चालन गर्न पुनर्निर्माण प्राधिकरणालाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीलेसरकारी खर्चमा नभइ जनताको खर्चमा धरहरा निर्माण गर्ने संकल्प गर्न अनुरोध गरे । पुर्खाको गौरव धरहरालाई हजारौं वर्षसम्म टिक्ने गरी पुननिर्माण गरिने उनको भनाइ थियो ।

२०३ फिट अग्लो धरहरा गत बैशाख १२ को भूकम्पले ढलेको थियो । धरहरा ढल्दा ३० जना भन्दा बढीले ज्यान गुमाएका थिए ।