१५ कार्तिक २०८३, आइतबार

पूर्व सांसद चौधरीको निधनमा संसदद्वारा शोक प्रस्ताव पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad-bhawanकाठमाडौं, ४ फागुन । व्यवस्थापिका संसदले तत्कालीन प्रतिनिधि सभाका सांसद सोहनप्रसाद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

संसदको आज बसेको बैठकले एमालेका पूर्व सांसद स्वर्गीय चौधरीको शोकमा शोक प्रस्ताव पारित गरेको छ । उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।

२०४८ र २०५६ सालको निर्वाचनमा बारा जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीको उपचारका क्रममा माघ २६गते ललितपुरस्थित सुमेरु अस्पतालमा निधन भएको थियो । चौधरी मृगौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसैबीच संसदको बैठक १५ मिनटका लागि स्थगित भएको छ । १५ मिनटपछि पुनः बैठक बस्नेछ ।