२४ कार्तिक २०८३, मंगलबार

फुटबलमा नेपालले जितेपछि सबै खुसी तर, रामकुमारी झाक्री किन आक्रोशित ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumari-jhakriकाठमाडौं, ३ फागुन । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै २३ वर्षपछि नेपाली फुटबल टिमले दक्षिण एसियाली खेलकुद (साग)मा उपाधि जित्दा सबैले खुसी मनाइरहेका छन् ।

रातको जाडो नभनी फुटबलले फ्यानले जितको खुसीयालीमा विजयी जुलुस निकालेका छन् । तर, यो भीडमा एमाले नेतृ रामकुमारी झाक्री भने खुसीमात्रै होइन्, एकदमै आक्रोशित बनेकी छिन् ।

सबैले खुसी मनाइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोख्दै उनले नेपाली फुटबल क्यान्सरको कब्जामा परेको अहिले पुष्टि भएको बताइन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष गणेश थापालाई फुटबलको ‘क्यान्सर’ भनेकी छिन् । क्यान्सर काटेर फालेपछि फुटबल स्वस्थ भएको उनको टिप्पणी छ ।

झाक्रीले २३ वर्षपछि सागको स्वर्ण जित्ने नेपाली फुटबल टिमलाई बधाई पनि दिएकी छिन् ।

आक्रोश पोख्दै उनले लेखेकी छिन्- ‘गणेश थापा नेपाली फुटबलका क्यान्सर रहेछन भन्ने प्रमाणित गर्नपर्ने नै थिएन । आफै प्रमाणित थियो । कलिला खेलाडीलाई आर्थिक प्रलोभनमा पारेर म्याच फिक्सिंड जस्तो अपराधमा सामेल गरी उनीहरूको फुटबल करियर मात्र होईन देशको फुटबल क्षेत्रलाई नै धरासायी बनाए । यो क्यान्सर काटेर फालेपछि फुलबल स्वस्थ हुँदैछ । बधाई नेपाली फुटबल टिम !’

एमालेकी युवा नेतृ झाँक्री खरो वक्ता हुन् । उनी चित्त नबुझेको विषयमा पार्टीभित्रै पनि खरो रुपमा छलफल र तर्कमा उत्रने गर्छिन् ।

यस्तो छ रामकुमारीको आक्रोशः

Ramkumari-fb