
काठमाडौं, ३ फागुन । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै २३ वर्षपछि नेपालले दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि जितेको खुसीयालीमा फ्यानहरुले राति नै विजयी जुलुस निकालेका छन् ।
स्थानीय प्रहरीका अनुसार राजधानीका दरबारमार्ग, बानेश्वर, भक्तपुर, बसपार्क क्षेत्रमा राति नै युवाहरुले सामुहिक रुपमा विजय जुलुस निकालेका छन् । नेपालले जित्ने वित्तिकै सडकमा उत्रिएर काठमाडौंका चोकहरुमा युवाहरुले हातमा राष्ट्रिय झन्डा लिएर नेपालका पक्षमा नाराबाजी समेत गरेका छन् ।
यसैगरी हेटौंडा र पोखरामा फुटबलका फ्यानहरुले पनि राति नै विजयी जुलुस निकालेको समाचार प्राप्त भएको छ ।
सोमबार अपराह्न भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलले पराजित गरेको थियो ।
तस्वीरः इकान्तिपुरबाट ।












प्रतिक्रिया