१ कार्तिक २०८३, आइतबार

दुई लाख कुखुरा पाल्न सकिने क्षमताको फार्म छिट्टै सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cock-1

स्याङ्जा, ५ साउन । स्याङ्जाको खिलुङ् देउरालीको ठाडाखेतमा नेपालकै अहिलेसम्मको ठूलो क्षमताको व्यवसायिक लेयर्स कुखुरा फार्मको निर्माण शुरु भएको छ ।

खिलुङ कालिका एग्रो फार्म प्रालिले सञ्चालनमा ल्याउन लागेको उक्त फार्म जर्मनीको आधुनिक प्रविधि व्याट्री केज सिस्टमबाट सञ्चालन हुने छ ।

फार्ममा दाना पानी आपूर्ति, अन्डा संकलन, कुखुराको सुली संकलन एवं व्यवस्थापन समेत स्वचालित मेसिनबाट गरिने छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ४० रोपनी जग्गामा निर्माण सुरु गरिएको फार्म सञ्चालनका लागि ३८ करोड लगानी गर्ने योजना योजना रहेको छ । फार्ममा एक पटकमा करिब २ लाख कुखुरा रहने छन् भने १ लाख ५० हजार अन्डा उत्पादन हुनेछ ।