२४ कार्तिक २०८३, मंगलबार

नेपालको जितमा युवा संघले भोली विजयी जुलुस गर्ने, भारतको दादागिरी परास्त गर्न आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari

काठमाडौं, ३ फागुन । भारतलाई उसकै घरेलु मैदान पराजित गरेर २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालले उपाधि जितेको खुसीयालीमा युवा संघ नेपालले विजयी जुलुस गर्ने भएको छ ।

नेपालको जितको खुसीयालीमा संघले मंगलबार राजधानीमा विशाल विजयी जुलुस तथा र्याली निकाल्ने अध्यक्ष राजीव पहारीले बताए । उनले भने- ‘नेपालले भारतलाई २३ वर्षपछि पराजित गरेको र नेपाल प्रथम भएको खुसीयालीमा युवा संघको तर्फबाट भोली हामीले विजयी र्यालीको आयोजना गर्दैछौं । यो सारा नेपालीको जित हो । सबैले खुसी साटासाट गरौं ।’

उनका अनुसार विजयी र्याली मंगलबार दिउँसो युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरबाट सुरु हुनेछ । र पुरै काठमाडौं परिक्रमा गर्नेछ ।

यसैगरी युवा संघले नेपाली फुटबल टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप तुरुन्त आवासको व्यवस्था नेपाल सरकारसँग माग गरेको छ । ‘खेलाडीलाई खेल्ने वातावरणका साथै बस्ने छुटै अपार्टमेन्टको व्यवस्था सरकारले गर्नुपर्छ,’ अध्यक्ष पहारीले भने ।

Nepali-Football-Saff-1

उनले नेपाली राष्ट्रिय स्वाधिनताले भारतलाई जसरी परास्त गर्यो त्यसरी नै खेलकुदमा नेपाली युवा टोलीले परास्त गरेकोमा बधाई तथा धन्यवाद दिए । उनले भने– ‘हामीले नाकाबन्दीमा भारतलाई पराजित गर्यौ । युवाहरुले फुटबलमा परास्त गरे । अब हरेक मोर्चामा परास्त गर्नुपर्छ । यो सुरुवात हो ।’

नेपालमाथिको भारतीय दादागिरी हरेक क्षेत्रमा परास्त हुँदै गएको भन्दै आजको जित यसमा कोसेढुंगा सावित भएको बताए ।