काठमाडौं, ३ फागुन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएको छ ।
सोमबार हृदयघातपपछि त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा उपचार गराइरहेका भण्डरारीको निधन भएको हो ।
लामो समयदेखि यातायात व्यवसायमा सक्रिय अध्यक्ष भण्डरीको निधनपछि उनको अन्तिम संस्कारका लागि महासंघको केन्द्रीय समितिले तयारी गरिरहेको महासचिव सरोज सिटौलाले जानकारी दिए ।
भण्डारीको निधनपछि महासंघको केन्द्रीय बैठकले संस्थागत निर्णय गर्दैछ । सुदूरपश्चिम पुख्यौली घर भएका भण्डारी हाल राजधानीमा बस्दै आएका थिए ।












प्रतिक्रिया