काठमाडौं, ५ साउन । समितिको सोमवार बसेको बैठकले ती संविधानसभा अन्तर्गतको संवैधानिक, राजनीतिक संवाद सहमति समितिले अघिल्लो संविधानसभाको विवाद समाधान उपसमितिमा सहमति भएका ११ बुँदे सहमतिका बुँदालाई संविधानसभामा पठाउने निर्णय गरेको हो ।
सहमतिका ११ बुँदामा नयाँ संविधानमा दुई सदनात्मक व्यवस्थापिका रहने, अर्को निर्वाचन नहुँदासम्म वर्तमान व्यवस्था अनुरुप नै राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था रहने, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फु्काउको व्यवस्था गर्ने जस्ता बुँदा रहेका छन् ।
त्यसैगरी उक्त बुँदामा संविधान जारी भएको एक वर्षभित्र संविधानमा व्यवस्था भएबमोजिम नयाँ कानुन बनाइने लगायतका कुरा पनि उल्लेख छन् ।
















प्रतिक्रिया