भक्तपुर, ३ फागुन । काठमाडौंबाट काभ्रेपलाञ्चोक जाँदै गरेको अरनिको यातायातको बा२ख ६३१४ नं को बसले भक्तपुरको पलासेमा विपरीत दिशाबाट आइरहेको बा६६प २४६१ नं को मोटरसाइकलाई ठक्कर दिँदा एक प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पनौती–१ काभ्रे घर भई प्रहरी महाविद्यालय साँगामा कार्यरत ३५ वर्षीय प्रहरी सहायक निरीक्षक साधनकुमार थापा रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । दुर्घटनामा परी अर्का एक घाइते भएका छन् ।
घाइते सोही महाविद्यालयमा कार्यरत ३१ वर्षीय प्रहरी हवल्दार श्यामकुमार थापाको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक सुवास थापालाई प्रहरी नियन्त्रणमा लिएको छ । रासस












प्रतिक्रिया