१५ कार्तिक २०८३, आइतबार

सह सचिव काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC-Board

काठमाडौँ, ३ फागुन । शिक्षा मन्त्रालयले सहसचिव कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिएको छ ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपाललाई अकस्मात मतिष्काघात भएपछि सहसचिव काप्रीलाई सो जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयअनुसार मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक काप्रीलाई सो जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले बताउनुभयो । नेपालको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । रासस