१५ कार्तिक २०८३, आइतबार

पूर्वराजा वीरेन्द्रको सम्पत्ति गायब ! यी पाँच जिल्लामा एक पैसा पनि फेला परेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birendra bira bikram-Kingकाठमाडौँ, ३ फागुन । स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको नाममा झापा, गोरखा, लमजुङ, रुपन्देही र दाङ जिल्लामा कुनै सम्पत्ति भटिएन ।

नेपाल ट्रष्ट कार्यालयले आव २०७२/०७३ मा खोजी सुरु गरेका १० जिल्ला मध्ये ती जिल्लामा उहाँको नाममा कुनै पनि सम्पत्ति नभेटिएको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ती जिल्लाका मालपोत कार्यालयमा गई सम्पत्ति खोज्यौँ तर भेट्टाउन सकिएन ।”

उहाँले बर्दिया र बाँके जिल्लामा सम्पत्ति खोजी जारी राखेको तथा कैलाली, कञ्चनपुर र बारा जिल्लामा केही समयपछि खोजी गरिने वताउनुभयो ।

सचिव उपाध्यायले काठमाडौँ उपत्यकामा अझै स्व वीरेन्द्रको नाममा सम्पत्ति हुन सक्ने हुँदा खोजी जारी राखिने उल्लेख गर्नुभयो ।

ट्रष्टको कामका बारेमा आम नागरिकलाई जानकारी दिन वृत्तचित्र तयार पारी विभिन्न टेलिभिजनबाट प्रशारण समेत गरिएको तथा स्व वीरेन्द्रको सम्पत्तिलाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । रासस