१ कार्तिक २०८३, आइतबार

ओली केही दिनमै उपचारका लागि बैंकक जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli baa

काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फलोअप उपचार’ का लागि बैंकक जाने हुनुभएको छ ।

उहाँको दायाँ हात सुन्निने समस्यामा कुनै पनि कमी नआएपछि उहाँ फलोअप उपचारका लागि बैंकक जाने तयारीमा रहनु भएको हो । ओलीका निजी सचिव इन्द्र भण्डारीले दिएको जानकारी अनुसार उहाँ केही दिन भित्रै फलोअप उपचारका लागि बैंकक जानुहुने छ ।

‘उहाँको अन्य समस्या नभए पनि हातको संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो,’ भण्डारीले भन्नुभयो । आगामी साउन २५ गते केन्द्रीय कमिटिको दोस्रो बैठक बोलाएकाले त्यस अघि नै उहाँ उपचार गराएर स्वदेश फर्किनु हुने छ ।

स्रोतका अनुसार उपचारका लागि ओली विदेश जाँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी उहाँले उपाध्यक्ष बामदेव गौतमलाई दिने बुझिएको छ ।