
– नरेश केसी
लुम्बिनी, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको गुरुयोजना अबको ३ वर्षभित्र जसरी पनि पुरा हुने घोषणा गरेका छन् ।
एक जना उपप्रधान र ३ जनामन्त्रीसहित आइतबार अकस्मात लुम्बिनी भ्रमणमा आएका प्रधानमन्त्री ओलीले कुनैपनि बहानामा लुम्बिनीको विकास रोकिन नहुने समेत बताए । लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकनपछि पुस्करणी पोखरी छेउमा आयोजित कार्यक्रमलाई संक्षिप्त रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “मैले ६ महिनाभित्र लुम्बिनीको समग्र गुरुयोजनाको अध्ययन गरी गुरुयोजनाको अद्यावद्यि गर्नुपर्ने हो वा होइन, थपघट के गर्नुपर्ने हो भनी योजना बनाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छु । यो गुरुयोजना आगमी ३ वर्षभित्र कुनैपनि हालतमा पुरा हुनुपर्दछ । बजेटको अभाव हुदैन् ।”

छेउमै रहेका लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति तथा पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अब गुरुयोजना सम्पन्नमा हिजोको जस्तो विलम्ब स्वीकार्य नहुने चेतावनी दिँदै तोकिएको समयमा काम सम्पन्न निर्देशन समेत दिए ।
उपप्रधान एवं उर्जामन्त्री टोप बहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, श्रम तथा रोजगार र बाणिज्य मन्त्री दीपक बोहरा, पर्यटन तथा संस्कृति मन्त्री आनन्द पोखरेलसहित लुम्बिनी आएका प्रधानमन्त्रीले लुम्बिनी विश्व शान्तिको संरक्षक र पर्याबाची हुनुपर्नेमा समेत जोड दिए । प्रधानमन्त्री ओलीले लुम्बिनीभित्र निर्माण भएका मोनास्ट्रीले होटल सञ्चालन गरेकोप्रति संकेत गर्दै मोनास्ट्रीहरु विशुद्ध मोनास्ट्रीको रुपमा हुनुपर्ने स्थापना गर्दा लिएको उद्धेश्य विपरित काम गर्न नहुने जनाए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीको समग्र विकासमा संघसंस्थाको भूमिका महत्वपुर्ण हुने जनाउदैं लुम्बिनी विश्व शान्ति नग्रामका योजनाकार प्रा.डा. क्वाक र संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनसंग पनि लुम्बिनीको विकासको लागि छलफल भईरहेको जनाए ।

प्रधानमन्त्रि ओलीले आइतबार नै लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयको केन्द्रिय भवनको उद्घाटन गरेका थिए । लुम्बिनीमा बौद्ध विश्वविद्यालयको केन्द्रिय क्याम्पस भएता पनि भिसी, डिन, रेक्कटरहरु काठमाडौं बस्दै आएकोमा अब उप्रान्त लुम्बिनीमै बस्नेगरी नवनिर्माण भएको प्रमुख प्रशासकीय भवनको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीसंग पर्यटन सचिव प्रेम कुमार राय, पूर्व उर्जामन्त्री राधा ज्ञवाली लगायत सहभागी थिए । प्रधानमन्त्री ओलीको टिमलाई लुम्बिनीमा विकास कोषका उपाध्यक्ष भिक्षु निगरोधसहितका पदाधिकारीले स्वागत गरेका थिए भने सदस्यसचिव अजितमान तामांग र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, बिकास कोषका बरिष्ठ इन्जिनियर सरोज भट्टराईले त्यस अवसरमा प्रधानमन्त्रीलाई लुम्विनीको बृहत्तर बिकासका र गुरुयोजनाका बारेमा जानकारी गराएका थिए ।

लुम्विनी गुरुयोजनाको हाल सम्म ६५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न ६ अर्व रकम आवश्यक पर्ने र चारबर्ष भित्रमा सम्पन्न गर्न सकिने बरिष्ठ इन्जिनियर भट्टराईले जानकारी गराए ।
त्यस अवसरका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलले लुम्विनीको बिकास गर्न अव सबै क्षेत्रबाट बुद्ध जन्मस्थल र निर्माणको क्षेत्र लुम्विनीको नारालाई सकार पार्न लाग्नुपर्नेमा आब्हान गरे । मन्त्री पोखरेलले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर जेठ ६ र ७ गते बिश्वका बौद्ध मार्गिहरुलाई भेला गराई बौद्य सम्मेलन गरिने सरकारको योजना रहेको समेत जानकारी गराए ।













प्रतिक्रिया