३० आश्विन २०८३, शुक्रबार

उग्रतारा पत्रकारिता पुरस्कार सुवेदीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabraj-Subedi

पोखरा, ५ साउन । पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा सञ्चालित तथा स्व. बालकृष्ण उग्रतारा परिवारद्वारा स्थापित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष  पत्रकार नवराज सुवेदीलाई सम्मान गरिने भएको छ ।

पोखराबाट प्रकाशित हुँदै आएको फेवा पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक सुवेदीलाई दिइने सो पुरस्कारको राशि रु १० हजार एक र सम्मानपत्र रहेको छ । कम्तीमा १५ वर्षसम्म पश्चिमाञ्चलमा क्रियाशील भएर पत्रकारितामा संलग्न तथा पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मध्येका एकजनालाई बर्सेनि उक्त पुरस्कार वितरण गरिँदै आएको हो ।

पुरस्कारको अक्षयकोष एक लाख एक हजार १११ रहेको छ भने उक्त पुरस्कार पत्रिकाका प्रकाशक स्व. बालकृष्ण उग्रताराको वार्षिक पुण्यतिथि यही साउन २० गते वितरण गरिने कार्यक्रम रहेको छ ।