
मुम्बई । भारतमा बढ्दो असहिष्णुताबारे बयान दिएर विवादमा आएका शाहरुख खानले फेरि एक विरोधको सामना गर्नुपरेको छ ।
विरोधकै कारण बहुप्रतिष्ठित फिल्म समेत फ्लप भएर तनावमा रहेका बेला शाहरुखमाथि भारतको अहमदाबादमा आक्रमण भएको हो । आफ्नो नयाँ फिल्म ‘रईस’को शूटिंगका लागि अहमदाबाद पुगेका शाहरुखले यहाँ पनि विरोधको सामना गर्नुपरेको हो । जून होटलमा उनी पुगेका थिए केही मानिसले त्यहाँ ढुंगामुढा गरेका छन् ।
आइतबार विहान ६ बजे केही मानिसको एउटा अज्ञात समूहले मुखमा पट्टी बाँधेर होटलमा ढुंगामुढा गरेका हुन् । साथै पार्किंगमा राखिएको उनको कारमा पनि ढुंगामुढा गरिएको छ ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । साथै होटलको सीसीटीवी फुटेज हेरेर अभियुक्तको पहिचानमा प्रहरी लागेको छ । शाहरुखको नयाँ फिल्म ‘रईस’को अन्तिम शूटिंग अहमदाबादको जमालपुर इलाकामा भइरहेको समाचार भारतीय च्यानल आजतकले छापेको छ
केही समयअघि शाहरुखले देशमा धार्मिक असहिष्णूता बढेको भन्दै मोदी सरकारको विरोध गरेका थिए । जसका कारण उनी ठाउँ ठाउँमा निशानामा पर्दै आएका छन् ।















प्रतिक्रिया