२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले कर्मचारीलाई भने- राम्रो काम गरे कसैसँग डराउनु पर्दैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रमा काम पन्छाउने र आफूभन्दा ठूला पदका व्यक्तिसँग डराउने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै राम्रो काम गरे कसैसँग पनि डराउनु नपर्ने बताउनुभएको छ ।

विकास सम्झौता कार्यान्वयनका लागि जिल्ला तहका सरकारी अधिकारीका लागि आयोजित तालिमको उद्घाटनमा प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीलाई निर्भीकताका साथ राम्रो काम गर्न आग्रह गर्नुभयो ।

लगानी बोर्डको कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सो कार्यक्रममा ठूला परियोजनामा स्थानीय जनताको अवरोध देखिने गरेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नभुयो, “स्थानीय प्रशासन र लगानीकर्ताले स्थानीय जनतालाई सम्झाई विश्वस्त बनाउनुपर्छ ।”

उहाँले राजनीतिक अधिकारका रुपमा संविधानसभाबाट संविधान जारी भइसकेकाले अब विकास र समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । रासस