काठमाडौं । हास्य टेलिश्रृखला ‘तितो सत्य’का चर्चित कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले जीवनमा निरन्तरता सफलता हात पार्दै आएका छन् ।
जसअनुसार दुबैले मिलेर सफल फिल्म समेत निर्माण तथा निर्देशन गरिसकेका छन् । यसअघि दिपा निर्माता रहेको चलचित्रमा दिपकले निर्देशन गरेका थिए ।
अब भने दिपाले पनि फिल्म निर्देशन गर्ने घोषणा गरेकी छिन् । शनिबार सरस्वती पूजाको अवसर पारेर दिपाश्रीले निर्देशन गर्ने फिल्मको औपचारिक घोषणा गरिएको छ । फिल्मको नाम हो ‘लप्पन छप्पन’ ।
यसअघि दिपा निर्मार्ता रहेको ‘वडा नम्बर ६’ हिट भइसकेको छ । जसको निर्देशन दिपकले गरेका थिए । यो फिल्ममा पनि यसअघि झैं दिपकराज, दिपाश्री र निर्मल शर्मा ‘गैंडा’ को संयुक्त लगानी रहनेछ । दिपाश्रीलाई सम्राट शर्माले निर्देशनमा सहयोग गर्नेछन् । पुरुषोत्तम प्रधानले खिच्ने ‘लप्पन छप्पन’ मा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहनेछ ।
फिल्म ‘लप्पन छप्पन’ मा दिपकराज सहित केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’, बुद्धि तामाङ्ग ‘हैट’, बसुन्धरा भुषाल लगायत कलाकारहरुको अभिनय रहनेछ















प्रतिक्रिया