२९ आश्विन २०८३, बिहिबार

‘भ्यालेन्टाइन डे’कै दिन जीवन संगिनीलाई यमराजले लग्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rakesh-tuladhar

– विजय थापा
अमेरिका प्रणय दिवस (भ्यालेन्टाईन डे) कै दिन आएर प्रणय दिवस कै दिन पत्नीले संसारबाट सदाको लागि बिदा लिदा पति राकेश तुलाधर भन्छन म अभागी रहेछु । सन् २००१ फेब्रअरी १४, प्रणय दिवस (भ्यालेनटाईन डे) कै दिन आफ्नी प्राण भन्दा प्यारी पत्नी स्व ईश्वरी तुलाधरसंग नेपालबाट अमेरिका संगै आएको र फेब्रअरी १४, २०१५ मा प्रणय दिवसकै दिन कहिले नफर्किने गरि आफू र आफ्ना साना नानिलाई छोडेर जाँदा पतिको मन कति दुखेको होला । त्यो पीडा र बेदना नाप्ने साधन नै आविष्कार भएको छैन होला भन्दा अतिसयोक्ति नहोला ।

उनले पटक पटक ईश्वरीलाई सपनामा पनि देख्ने गरेको बताए । अहिले आफ्नो काम बाहेक बच्चाहरुसंग रमाउने गरेको छु राकेश तुलाधरले भने । आमाको मुख हेर्ने दिन नानीहरुले स्व ईश्वरी (आमा)लाई सम्झेकोले आफ्नो घरको छतमा गएर आकाशमा हेर्दै थुप्रै ताराहरु मध्ये एक चम्किलो तारालाई छानेर उ नै ईश्वरी हुन् भन्दै तारा छोरीहरु र आफूले छानेको बताए । तारा छान्दा बच्चाहरु पनि खुसी भएको बताए । उनले अर्को जुनी मात्र हैन सात जुनी सम्म उनि नै प्राप्त गरे सदैब माया गरेर राख्छु भन्दै भक्कानिए ।

आफ्नी धर्म पत्नीलाई अल्पायुमा गुमाउनु पर्दा लागेको ठूलो घाउँ अझ पनि निको हुने छाँट देखिदैन । यस्तै अप्रत्याशित घटना आफूलाई घट्दा र जीवन संगिनीले चट्ट छोडेर गै दिदा ब्याकुल हुँदै म कसरि जीवन घसेटी रहेको छु त्यो मलाई थाहा छ, डिसी महानगर क्षेत्रमा स्थापित एरो नेपाल ट्राभल्सका संचालक राकेश तुलाधरले भाबुक हुँदै भने ।

सदाको लागि आफूलाई छोडेर गएकोमा मर्माहत भएको तुलाधर सानो स्वरले भने । प्राण त्यागेदेखि आफू बिचलित छु । २४ सै घण्टा उनको यादमा डुब्छु । अनेकन कुराहरु मस्तिष्कमा खेल्छ । कस्तो योजना बनाएर लामो समय बिताउने बचनबद्धता थियो । त्यो सबै उडायो । र, सपना चकनाचुर बनायो भन्दै भाव बिभोर भए ।

rakesh-tuladhar-2

कुराकानीका क्रममा उनले ‘हरेक जन्ममा म उसको हुन् पाउ ईश्वरी हरेक जन्ममा मेरो साथ रहोस । मेरो कामना र इच्छा त्यो छ’ भने । उनले भगवानले मलाई अन्याय गरेको जस्तो लागेको बताए । अकल्पनीय घटना हुन् गयो । अझ पनि ईश्वरिले मलाई छोडेर गएको जस्तो नै लाग्दैन तुलाधरले बताए । तुलाधरले आँसुको धारा नै अब सुक्न लाग्यो भन्दै आफू अभागी रहेको बताए ।

कति पीडा र बेदना बोकेर हिडेको छु । छाती चिरेर देखाउन मिल्दैन भन्दै मुटुमा गाठो परेको छ । छातीमा काटी र किल्ला गाडेको जस्तो हुन्छ भन्दै १५ बर्ष सुख र दुखमा संगै आफूसंग बिताएकी अर्धांगिनीले सुटुक्क र द्रुत गतिमा संसार त्याग्दा मस्तिष्कले काम गर्न छोडेको बताए ।

rakesh-tuladhar-4नेपालमा कतार एयरवेजमा काम गर्दा बैबाहिक जीवनमा बाधिएका ईश्वरी र आफ्नो प्रेम बिबाह भएको तुलाधरले जानकारी दिए । उनले सन् २००० मा बिबाह भएको भन्दै हवाई क्षेत्रमा दुवै जना १५ बर्ष काम गरेको चर्चा गरे । मलासय अबुर्दरोग (कोलोन क्यान्सर) लागेको केवल ५ महिनामा नै ईश्वरीले देह त्याग गरिन भन्दै दुःख व्यक्त गर्दै कति के गरौला भन्ने इच्छा रहेको बताए । भगवान कति निस्ठुरी रहेछन भन्ने लागेको बताए ।

राकेश तुलाधर काठमाडौँ असनका हुन् भने स्व ईश्वरी तुलाधर सामाखुसी कि हुन् । तुलाधरका दुई सुपुत्री जेठी साक्षी १२ बर्ष र सानी सासा केवल ४ बर्ष की मात्र छन् । ठूलीलाई आमाले सदाको लागि छोडेर गएकी भन्ने थाहा पाउँछिन भने सानी सासाले अझ पनि अस्पतालमा हुनुहुन्छ जस्तो कुरा गर्ने तथा आमा आकाशमा रहेका तारामा परिणत भएको कहिलेकाही कुरा गर्ने पिता राकेश तुलाधरले बताए ।

ठूलीको जन्म न्युयोर्क र सानीको जन्म भर्जिनियामा भएको उनले अवगत गराए । कुरा गर्दै जादा गम्भीर हुदै उनले भने म ईश्वरीलाई अति माया गर्छु । अचानक जीवनमा यस्तो आँधि आउछ होला भन्ने कहिले कल्पना समेत गरेको थिइन् ।

तुलाधरले ईश्वरीले भनेको सम्झदै भने बिबाह बन्धनको गाँठोमा बाधिएपछि आफूलाई पाउँदा अति हर्षित र खुशी भएको बताएकी थिइन् उनले सम्झे अमेरिका जस्तो राष्ट्रमा ईश्वरीलाई बचाउन सकिएन भन्दै अकल्पनीय घटना मेरो जीवनमा घट्यो भन्दै लामो सास लिए । आफ्नी पत्नीको सम्झनामा बिहान उठेर सम्झना गर्दै र प्रेम ज्यादै भएकोले बत्ति बाल्ने गरेको छु भन्दै यत्रो मेहनतपछि सन २०१२ मा एरो नेपाल ट्राभल ईश्वरी कै कारण स्थापना गरेको उल्लेख गरे ।

उनले पटक पटक ईश्वरीलाई सपनामा पनि देख्छु भने । अहिले आफ्नो काम बाहेक बच्चाहरुसंग रमाउने गरेको छु राकेश तुलाधरले भने । आमाको मुख हेर्ने दिन नानीहरुले स्व ईश्वरी (आमा)लाई सम्झेकोले आफ्नो घरको छतमा गएर आकाशमा हेर्दै थुप्रै ताराहरु मध्ये एक चम्किलो तारालाई छानेर उ नै ईश्वरी हुन् भन्दै तारा छोरीहरु र आफूले छानेको बताए । तारा छान्दा बच्चाहरु पनि खुसी भएको बताए ।

rakesh-tuladhar-3-1-768x449

उनले अर्को जुनी मात्र हैन सात जुनी सम्म उनि नै प्राप्त गरे सदैब माया गरेर राख्छु भन्दै भक्कानिए । उनको सम्झनामा नेपालमा गएर केहि गर्ने सोच बनाई रहेको बताए ।

१५ बर्ष संगै बिताएकी ईश्वरी तुलाधरको मृत्यु फेब्रअरी ७ तारिख वाशिंगटन डिसीस्थित जर्ज टाउन अस्पतालमा भएता पनि भ्यालेन्टाइन डे, फेब्रअरी १४ तारिख कै दिन उनको दाह संस्कार गरिएको थियो । लामो समयसंग उनीसंग बिताउन मन छ भन्दै प्राप्त गरे माया गरिरहने छु भनि राकेश तुलाधरले भाबुक हुदै आफ्ना कुरा राखे ।