१ कार्तिक २०८३, शनिबार

फागुनको तेस्रो साता अन्तर्राष्टिय सांस्कृतिक महोत्सव हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokgeetकाठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लाहरुमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने भएको छ ।

यहि फागुन १९ देखि २८ गतेसम्म सांस्कृतिक महोत्सव गर्न लागिएको हो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा ९ देशका कलाकारहरुको प्रस्तुति रहने सो महोत्सव काठमाडौंका साथै बनेपा, त्रिशुली र धादिङमा गरिनेछ ।

कल्चरल गु्रपका सदस्य समेत रहेका गायक कृष्ण रेउलेका अनुसार नेपालको कला संस्कृतिको संरक्षणका लागि महोत्सव गर्न लागिएको छ ।

काठमाडौंबाट सुरु हुने संगीत महोत्सव काठमाडौंमै समापन गरिनेछ । महोत्सवका लागि सबै तयारी पूरा भएको रेउलेले बताए ।