काठमाडौं, २ फागुन । मधेसी मोर्चाले मुलुकभित्रको आन्तरिक राजनीतिक समस्या समाधान नगरेर प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण गर्न नहुने बताउनुभएको छ ।
नेपालवणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमललासँग कुरागर्दै तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष रामनरेश राय यादवले मधेसी मोर्चाले उठाएका मागलाई प्रधानमन्त्रीले पहिला सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
‘प्रधानमन्त्रीले मधेसी मोर्चाको मागलाई बेवास्ता गर्न मिल्दैन’, उहाँले भन्नुभयो, ‘भारत भ्रमणमा जानुअघि मुलुकभित्रको आन्तरिक राजनीतिक समस्या समाधान गर्नै पर्छ ।’
मुलुकभित्रको आन्तरिक समस्या समाधान नगरेर विदेश भ्रमणमा जाँदा त्यसले मुलुकलाई नै असर गर्ने उहाँको भनाइ थियो ।
यसैबीच वरिष्ठ नेता रायले सिमाङ्कनको विवाद मिलाउन भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सरकारी पक्षले आलटाल गरिरहेको आरोप लगाउनु भएको छ ।
उहाँले राजनीतिक संयन्त्रको कार्यविधि बनाएर छिटो सहमति गर्नुपर्ने उल्लेख गर्नुभयो ।












प्रतिक्रिया