काठमाडौं, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनका लागि प्रमुख दल र मधेसी मोर्चाको कार्यदलबीच भएको सहमतिअनुसार अहिलेसम्म सो विषयले प्राथमिकता नपाएको मधेसी मोर्चाका नेताहरूले आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको कार्यदलका सदस्यहरूबीच दुई दिनअघि भएको सहमतिमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तय भएको थियो । तर दुई दिन वितिसक्दा पनि कार्यदलले कुनै गृहकार्य गर्न सकेको छैन ।
कार्यदलको बैठकका लागि मधेसी मोर्चाका नेताहरू तयारी अवस्थामा छन् । तर सरकारी पक्षले खबर नगर्दा बैठक अन्यौलमा रहेको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा सहअध्यक्ष रामनरेश राय यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि मधेसी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्ने तयारीमा हुनुहुन्छ ।
राजनीतिक संयन्त्र बनाइ सोही संयन्त्रमार्फत संघीय प्रदेशहरूको सिमाङ्कनको विवाद मिलाउने सहमति मोटामोटी रुपमा भइ सकेको छ ।
तर राजनीतिक संयन्त्र बनाउनका लागि कसले कहाँ अबरोध गरिरहेको छ सो विषयमा मधेसी मोर्चाले अहिलेसम्म थाहा पाउन सकेको छैन ।












प्रतिक्रिया