७ कार्तिक २०८३, शनिबार

किरिया बसेकै घरमा नेतृत्व लिन हानथाप, को–को थिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २ फागुन । सभापति सुशील कोइरालाको निधन भएपछि आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे कांग्रेस संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

सुशीलको किरिया भइरहेको महाराजगन्जस्थित डा शशांक कोइरालानिवासमा शनिबार बसेको बैठकमा कसको नेतृत्वमा अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ ।

‘सभापतिको निधनपछि संस्थापन पक्ष कसरी एकीकृत भएर अघि बढ्ने भन्ने विषयमा छलफल भयो, जिल्ला अधिवेशनका लागि बाहिर रहेका साथीहरू फर्किएपछि फेरि बैठक बसेर रणनीति तय गर्ने सल्लाह भएको छ,’ बैठकमा सहभागी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

को–को थिए छलफलमा ?

छलफलमा कार्यबाहक सभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. शशांक कोइराला, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, पद्मनारायण चौधरी, डा. नारायण खड्का, बलबहादुर केसीलगायत नेताहरू सहभागी थिए । त्यही रहेकी नेतृ सुजाता कोइराला भने संस्थापनको छलफल हुने भनेपछि बाहिरिएकी थिइन् ।