
एजेन्सी । हुन त भगवानले हरेक मनुष्यलाई एक समान बनाएको छ । सबैलाई एकै प्रकारको अंग दिएको छ तर, भाग्य नभएका केही मानिस यसको हिस्सेदारी बन्न सकेनन् । त्यसमध्येका एक हुन् आरिफ इब्राहिम ताम्बे । ३२ बर्षीय यी व्यक्तिको उचाई मात्र साढे तीन फिट छ र यसका साथै उनलाई हिडडुल गर्न, हरेक काम जस्तै नुहाउन, बाथरुममा जान यस्ता काम गर्नमा अप्ठेरो हुन्छ ।
आरिफलाई हेर्ने मानिसहरुको नजर निकै फरक उनीहरुलाई उसलाई गलत नजरबाट हेर्छन् । यहाँनेर प्रश्न उठ्न कि यी सब कुरामा आरिफको के दोष छ ? उनी जब घरबाट बाहिर निस्कन्छन् तब मानिसहरु यसरी हेर्छन् कि मानौ कुनै एलियन सडकमा हिडिरहेको छ । के आरिफको छोटो शरीर हुनु उनको अपराध हो ? किन उनी बाँकी मानिसजस्तै साधारण रहन सक्दैनन् ।
तर, एकदिन भाग्यले दियो साथ
आफ्नो जिन्दगी देखेर कति प्रश्न आरिफको मनमा खेलिरहेका थिए । जसको जवाफ आज सम्म पाएका थिएनन् । तर उनी भन्थे– ‘भगवानको घर टाढा छ तर, नभएको होइन् ।’ यस्तै भनाई अनुसार केही कृपा आरिफको जिन्दगीमा पनि भएको छ जसका कारण उनका आफ्ना सबै दुःख एकदमै कम र सानो लाग्न थालेका छन् । आरिफलाई उनकी जीवनसाथी मिलेकी छिन् । उनको विहे भएको छ । अहिले उनको एक सानो छोरा पनि छ जसले उनको परिवारलाई पूर्णता दिएको छ ।
आरिफकी पत्निको उमेर जब मात्र २१ वर्ष थियो त्यो बेला दुबैबीच एक मोबाइल पसलमा तीन वर्ष पहिले भेट भएको थियो । यी दुबैको कथा कुनै फिल्मी लभ स्टोरीभन्दा कम छैन् । आरिफ भन्छन् कि अमीनालाई देख्नेवित्तिकै उनको प्रेममा डुबेका थिए । दुबैका लागि यो पहिलो नजरको प्रेम थियो । तर, आरिफ भन्न डराउथे । उनलाई लाग्थ्यो उनको शरीर छोटो भएको कारण कतै आरीमा उनको प्रस्तावलाई अस्वीकार गरिदिने त होइन् । आरीमाको शरीर ५ फिट २ इन्च थियो र उनी आरिफ भन्दा २ फिट अग्ली थिइन् ।
जब अरीमाले नै गरिन प्रस्ताव
आरिफ त आफ्नो मनको कुरा भन्न सकिरहेका थिएनन् तर, शायद अरीमाले आफूलाई रोक्न सकिनन् । र उनले आरिफलाई विहेको प्रस्ताव गरिन् । यो कुरा सुन्न पाउँदा खुसीले गदगद भएका आरिफले आफूसँग जोडिएका केही कुरा संक्षेपमा बताए । उनले भने– यदि तिमी मसँग विहे गर्न चाहन्छौं भने तिमीले मेरो पुरा ख्याल राख्नुपर्नेछ । तिमीले मलाई बाथरुम लग्नुपर्नेछ । मलाई नुहाई दिनुपर्नेछ । यति सम्मकी मेरो हरेक काममा मेरो मद्दत गर्नेछौं ।’
आरिफले यस्तो शर्त राखिसकेपछि अरीमा हुन्छ भनिन् । माथिका शर्त आरिफले रहरले होइन् बाध्यताले राखेका थिए । त्यसपछि दुबै एकअर्कासँग विहे गर्न तयार भए । तर आरीमा परिवारले यो सम्बन्धलाई स्वीकारेनन् । तर अन्तिममा आरिफ र आरिमाको प्रेमको जित भयो । दुबैको विहे भयो । (जागरण जक्शनबाट)
















प्रतिक्रिया