
काठमाडौं, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मधेसी मोर्चाका प्रमुख नेता उपेन्द्र यादव अचानक आज राति हङकङ जाने भएका छन् ।
शनिबार विहान उनका प्रेस संयोजक महेस चौरासियाले विज्ञप्ति जारी गरी नेपालका प्रथम शहीद लखन थापा मगरको १३८औ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको कार्यक्रममा सहभागिता जनाउन यादव हङकङ जान लागेका हुन् ।
चौरासियाका अनुसार अध्यक्ष यादव राति ११ बजे हङकङ प्रस्थान गर्नेछन् ।
‘नेपालका प्रथम शहीद लखन थापा मगरको १३८औ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सरीक हुन अध्यक्ष उपेन्द्र यादवज्यू शनिबार राति हङकङ भ्रमणमा जानु हुने कार्यक्रम तय भएको व्योहोरा जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया