
‘गत माघ (२०७१) १ गते कञ्चनपुरको दोधारबाट एक थान पाटेबाघको छाला र १८ किलोग्राम हड्डी, गत फागुन १६ गते पुर्नवासबाट एक थान पाटेबाघको छाला र २१ किलोग्राम हड्डी र बेलौरीबाट २०७२ माघ ५ गते एक थान पाटेबाघको छाला र १९ किलोग्राम हड्डी बरामद गरिएको थियो ।
यसैगरि, साउन २७ गते कैलालीको मालाखेतीबाट एक थान पाटेबाघको छाला र साढे सातसय किलोग्राम हड्डी, असोज २९ गते घोडाघोडीबाट एक थान पाटेबाघको छाला र ३ किलो २ सय ग्राम हड्डी तथा माघ (२०७२) २७ गते पहलामानपुरबाट दुई थान पाटेबाघको छाला र ३९ किलो ५०० ग्राम हड्डी बरामद गरिएको थियो ।
त्यस्तै, गत कात्तिक १३ गते बर्दियाको सानोश्रीबाट एक थान पाटेबाघको छाला र साढे सात सय किलोग्राम हड्डी तथा गत कात्तिक १६ गते सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाबाट एक थान पाटे बाघको छाला र ५ किलो २५० ग्राम हड्डी बरामद भएको हो ।’
धनगढी, १ फागुन । एक वर्षको अवधिमा सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट विश्वमै लोप भइरहेको पाटेबाघको ९ थान छाला र झण्डै एक सय २१ किलोग्राम हड्डी सहित १८ जनालाई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल प्रहरी र सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा मध्यपश्चिमका बर्दिया र सुर्खेत जिल्लाबाट एक वर्षको अवधिमा ९ थान पाटेबाघको छाला र १ सय २० किलो ९५० ग्राम हड्डी सहित १८ जनालाई पक्राउ गरेको हो ।
पछिल्लो एक वर्षको अवधिमा लोप हुँदै गएको दुर्लभ पाटेबाघका ९ थान छाला बरामद हुनुलाई वन्यजन्तु संरक्षणमा जुटेका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, वन कार्यालय र नेपाल प्रहरीलाई चुनौती दिएको छ । पछिल्लो एक वर्षको अवधिमा बरामद ९ थान पाटेबाघका छाला र हड्डी सबै नेपालभित्रै अझ खासगरि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गरिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ ।
सीआईबी, नेपाल प्रहरी र सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले बरामद गरेको पाटेबाघको छाला र हड्डीको डीएनए परीक्षणका क्रममा ती बाघ नेपालकै जंगलमा सिकार गरिएको पुष्टि भएको समेत अनुसन्धानमा संलग्न प्रहरीले बताए ।
छिमेकी मुलुक भारतको बाबरिया समुदायको बाबरिया सञ्जाल नेपाली जंगलबाट बाघ मार्ने र वन्यजन्तुका अंगप्रत्यंगको चोरी, सिकारी, ओसारपसार तथा तस्करीमा संलग्न रहेको अनुसन्धानमा संलग्न सुदूरपश्चिम आरआईटीका प्रहरी नायव नायव निरीक्षक बीरेन्द्रसिंह जोहारीले बताए । उनले अहिलेसम्म पक्राउ गरेका पाटेबाघको ओखेटोपहार ओसारपसारमा संलग्नबाट बाबरिया सञ्जालले मात्रै नेपालका बाघ मार्ने गरेको पुष्टि भएको दाबी गरे ।

जोहारीका अनुसार गत माघ (२०७१) १ गते कञ्चनपुरको दोधारबाट एक थान पाटेबाघको छाला र १८ किलोग्राम हड्डी, गत फागुन १६ गते पुर्नवासबाट एक थान पाटेबाघको छाला र २१ किलोग्राम हड्डी र बेलौरीबाट २०७२ माघ ५ गते एक थान पाटेबाघको छाला र १९ किलोग्राम हड्डी बरामद गरिएको थियो ।
यसैगरि, साउन २७ गते कैलालीको मालाखेतीबाट एक थान पाटेबाघको छाला र साढे सातसय किलोग्राम हड्डी, असोज २९ गते घोडाघोडीबाट एक थान पाटेबाघको छाला र ३ किलो २ सय ग्राम हड्डी तथा माघ (२०७२) २७ गते पहलामानपुरबाट दुई थान पाटेबाघको छाला र ३९ किलो ५०० ग्राम हड्डी बरामद गरिएको थियो ।
त्यस्तै, गत कात्तिक १३ गते बर्दियाको सानोश्रीबाट एक थान पाटेबाघको छाला र साढे सात सय किलोग्राम हड्डी तथा गत कात्तिक १६ गते सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाबाट एक थान पाटे बाघको छाला र ५ किलो २५० ग्राम हड्डी बरामद गरेको जोहारीले बताए ।
बरामद छाला र हड्डीसहित १८ जनालाई नै आवश्यक कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाहीको प्रक्रिया अघि बढाइने बताइएको छ । सो ऐनमा ५ वर्षदेखि १५ वर्ष कैद तथा एक लाखदेखि ५ लाख जरिवाना वा दुबै सजाय हुने प्रावधान रहेको छ ।
के हो बाबरिया सञ्जाल ?
भारतको राजस्थान, र हरियाणामा बाबरिया समुदाय मुख्य बसोबास रहेको छ । यो समुदायका मानिसहरू प्रायः कालो वर्णका हुन्छन् । यो समुदायको जनसंख्या वृद्धि भई हाल भारतकै पञ्जाब, राजस्थान, गाजियाबाद, हिमाञ्चल प्रदेश र जम्मु कस्मिरमा बसोबास गर्दै आएका छन् । यो समुदायमा बाघ मार्ने परम्परा पुस्तौंदेखि चलिआएको छ । बाबरिया समुदाय शिक्षाको कमी तथा गरिबीका कारण यो पेसा अँगाल्न बाध्य भएको स्रोतको भनाइ छ । यो समुदाय नेपालका आरक्ष र वन क्षेत्र आसपासमा अस्थायी टहरा बनाई बस्ने गर्छ ।

बाबरिया समुदायलाई सञ्चालन गर्नका लागि यो समुदायले वर्षमा एकजना प्रधान चुन्ने गर्छ । फागु पूर्णिमाअघि तथा पछि एक पटक प्रधानले महापञ्चायत डाकेर तिनओटा मुद्दामा निर्णय गर्छ । जसमा बाबरिया सञ्जालको निर्माण र बाघ मार्नका लागि समूह गठन र बाघको सिकार गर्ने स्थानको छनोट र जिम्मेवारी हस्तान्तरण गर्ने गर्छ । त्यसैबेला यो सञ्जालका तस्करहरू चोरीसिकार गर्न नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज, आरक्ष र जंगलमा आउने गर्छन् ।
महापञ्चायतले सिकार गरेका पाटेबाघको छाला तथा हड्डीलाई नेपाली तथा भारतीय तस्करहरूलाई केकति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय गर्छ । बाबरिया सञ्जालका सदस्यलाई पाटेबाघको सिकारका बारेमा सुराकी गर्न पूर्णरूपमा बन्देज लगाइएको हुन्छ । सुराकी गर्नेलाई समुदायबाट निष्कासन गर्ने र पक्राउ परेका व्यक्तिका परिवारको लालनपालन तथा प्रहरी र अदालतमा हुन आउने सम्पूर्ण खर्च हर्जाना तिराउने कडा नियम बनाइएको हुन्छ ।
बाबरिया समुदायको धार्मिक आस्था
हिन्दु धर्मावलम्बी बाबरिया समुदायका सदस्यहरू धार्मिक आस्थामा हदैसम्म कट्टर हुन्छन् । भारतको राजस्थान र हरियाणाको मध्यभागमा पर्ने हिसार भन्ने ठाउँमा बाबरिया समुदायकी देवी दुर्गाको मन्दिर रहेको छ । फागु पूर्णिमाको अगाडि तथा पछाडि एक पटक सो मन्दिरमा सात दिनसम्म ठूलो मेला लाग्ने गर्छ । मेलामा बाघ मार्न पाइयोस् भनी मात्रै प्रार्थना हुने गर्छ । सञ्जालमा बाघ मारिसकेपछि माटोको मूर्ति बनाएर दुर्गा भवानीलाई बोका चढाउँछु भनी भाकल गरिन्छ । बाबरिया समुदायमा धार्मिक आस्थाकै कारण धेरै बाघ मार्नेलाई समुदायमा सम्मान गर्ने र अविवाहित भए छोरीसमेत दिने चलन रहेको छ ।

कसरी बन्यो त बाबरीया सञ्जाल ?
भारतका एकजना संसार चन्द भन्ने तस्करले सञ्चालन गरेको संसार चन्द नेटवर्कले कुनैबेला बाबरिया सञ्जालले सिकार गरेका पाटेबाघको छाला र हड्डी खरिद गर्ने गर्थे । भारतीय अनुसन्धान ब्युरो (सीबीआई) ले संसार चन्दलाई पक्राउ गरेर जेल चलान गरेपछि पाटेबाघको कारोबार केही समय बन्द भएको थियो । तस्कर चन्दको जेलमै मृत्यु भएपछि बाबरिया सञ्जाललाई बाघको ओखेटोपहारको कारोबार गर्न समस्या उत्पन्न भएको थियो । बाबरिया समुदायका सिकारीहरूको पहलमा चन्दकी श्रीमती रानी चन्द र सहोदर भाइ नारायण चन्दले तस्करीको कारोबार सम्हालेका थिए । संसार चन्द नेटवर्कसँग कारोबारकै क्रममा खटपट आएपछि बाबरिया सञ्जाल निर्माण भएको हो । अहिले यो सञ्जालले आफैँ बाघको सिकार गरेर व्यापार गर्दै आएको छ ।

कसरी बेचिन्छ पाटेबाघको छाला र हड्डी ?
भारतको संसार चन्दको मृत्यु हुनुअगावै चन्दले गरेका व्यापारबारे जानकार बाबरिया सञ्जाल अहिले आफैं तस्करीमा संलग्न छ । सञ्जालले नेपाली जंगलमा मारिने पाटेबाघलाई बेच्नका लागि चीनसम्म सोझो सम्पर्क भएका नेपाली र भारतीय तस्करहरूसँग बिचौलियाको काम गर्छ ।
बाबरिया सञ्जालका सिकारीहरू मोबाइल फोन कमै मात्रामा प्रयोग गर्ने गर्छन् । उनीहरू फोन प्रयोग गरे पनि एकजना तस्करसँग प्रयोग गरेको फोन नम्बर अर्को तस्करसँग कहिल्यै प्रयोग गर्दैनन् । उनीहरूमा पाटेबाघको ओखटोपहार खरिद गर्ने तस्करसँग प्रत्यक्ष भेटेर मोलमोलाइ गर्ने प्रचलन छ । बाबरिया समुदायको महापञ्चायतले एउटा पाटेबाघको छाला र हड्ी (एक सेट) को ३ लाख भारतीय रूपैयाँ निर्धारण गरे पनि भारतीय तस्कर र नेपाली तस्करका बिचौलियाका कारण प्रतिसेट ८ देखि १५ लाख भारतीय रूपैयाँमा कारोबार भएको पाइएको छ । अन्तर्र्रािष्ट्रय बजारमा चीन र बौद्ध धर्मावलम्बी बाहुल्य भएका देशमा यसको मूल्य ४० देखि ५० लाख रूपैयाँसम्म कारोबार हुँदै आएको छ ।
पछिल्लोपटक (माघ २७ गते २०७२) कैलालीको पहलमानपुरबाट पाटेबाघको छाला र हड्डीसहित पक्राउ परेका ६ भारतीय र २ नेपाली ।












प्रतिक्रिया