३० आश्विन २०८३, शुक्रबार

डब्लुबिएमसीद्वारा दनुवार बस्तीका भूकम्प पीडितलाई राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wbmc 2

– विजय थापा
वाशिंगटन डिसी । वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाको पहलमा अमेरिका भरि रहेका विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगले काभ्रे जिल्ला को पिपलटार गाउ स्थित दनुवार वस्ती का ६० घर धुरीलाई शुक्रबार भूकम्प पिडितलाई राहत वितरण गरेको छ ।

उक्त राहत बितरण कार्यक्रम वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि कि कार्यकारी प्रमुख अधिकृत शारदा पौडेल रेग्मीको साथै नेपाली प्रख्यात गायिका कोमल ओली तथा अर्की गायिका ऋतु कंडेलको उपस्थितिमा वितरण गरिएको थियो ।

यसै गरि राहत वितरण कार्यक्रममा एसबिएससीका सन्तोष पौडेल तथा सरोज ढुंगानाहरुको पनि बिशेष भूमिका रहेको थियो ।

बस्तिसम्म पुग्न र बाताबरण मिलाउने बिकु लामा र सम्पूर्ण स्थानीयहरु गाउले प्रति अमेरिकाबासी सहयोगीहरुले धन्यबाद दिएका छन् ।

उक्त राहत सामग्रीको सहयोग गर्नु हुनेहरुमा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक बुद्धि प्रसाद रेग्मीले न्युयोर्क, टेक गुरुङले न्युयोर्क, सुबोध पन्तले बाल्टिमोर, राजेन्द्र थापाले बाल्टिमोर, बिजय श्रेष्ठले बाल्टिमोर, टेकराज पौडेल र साथीहरुले शिकागो्, बिजया गिरि मिल्वाकी, राजु श्रेष्ठ न्युयोर्क, सुमन बुढा न्युयोर्क, महेश रेग्मी अस्टिन, सीके पराजुली जर्जिया, देव गौतम पिट्स बर्ग, कृष्ण ढकाल कोलम्बस तथा देवराज कंडेल नेब्रास्का रहेका छन् ।