
एजेन्सी । योग गुरुलाई आदर्श पुरुष मानिन्छ । भारतका चर्चित योग गुरु रामदेबलाई संसारमै सम्मान तथा आदर्श पुरुषका रुपमा लिइन्छ ।
त्यसैगरी भारतमा जन्मिए र अमेरिकामा हुर्किएका हट योग गुरु विक्रम चौधरी पनि चर्चित छन् । तर, अहिले उनी बदनाम सिकार हुन पुगेका छन् । त्यो पनि आफ्नै कारण ।
बेला बेला सेक्स स्कैंडलमा फस्दै आएका हट योगा सिकाउने चर्चित गुरु चौधरी अहिले आफ्नै वकिलसँग लसपस गरेर चर्चामा आएका छन् ।
एक अमेरिकी कोर्टले हालै उनलाई आफ्नै वकील मीनाक्षीको यौन शोषण गरेको अभियोगमा करिब ६ करोड रुपैयाँको जरिवाना सुनाएको छ । पीडित वकिलले आफनो उजुरीमा ब्रिकमका लागि काम गर्दा उनले लैंगिक भेदभाव, गलत तरिकाबाट बर्खास्ती र यौन उत्पीडन झेल्नुपरेको उल्लेख गरेकी छिन् ।
कोलकातामा जन्मिएका चौधरी करिब ४० वर्ष पहिला भारत छाडेर अमेरिका पसेका थिए । त्यसपछि उनी विश्व प्रख्यात हट योग गुरु बनेको समाचार भारतीय च्यानल आजतकमा प्रकाशित छ ।

















प्रतिक्रिया