१ कार्तिक २०८३, शनिबार

सानो गल्तिले शाहरुखलाई यति ठूलो जरिवाना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shah-rukh-khan

मुम्बई । बलिउड बादशाह शाहरुख खानले सानो गल्तिका कारण ठूलो जरिवाना भोग्नुपरेको छ ।

उनलाई मुम्बई नगर निगमले बान्द्रामा आफ्नो दरबार ‘मन्नत’को बाहिर अवैध र्याम्प अर्थात पर्खाल बनाएको भन्दै १ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको हो । उनले बनाएको पर्खाललाई नगर निगमले यसअघि नै भत्काइदिएको थियो ।

उक्त पर्खाल निर्माण गर्न कम्पत्तीमा पनि १५ लाख लागेको हुनसक्ने अनुमान गरिएको थियो । त्यो १५ लाख तथा अहिले दुई लाख गरी पर्खाल बनाउने सानो गल्तिका कारण शाहरुखले झण्डै १७ लाखको नोक्सानी व्यहोर्नुपरेको हो ।

एक आरटीआई (सूचनाको अधिकार) अन्तर्गत परेको आवेदनमा यसको खुलासा विहीबार भएको हो । कार्यकर्ता अनिल गलगलीले आरटीआई अन्तर्गत शाहरुखको दरबार बाहिर निर्माण भएको अवैध पर्खालबारे जानकारी मांगेका थिए ।

अनिलका साथै अन्य सर्वसाधारण र कार्यकताहरुको अभियानपछि बाध्य भएर नगर निगमका आयुक्तले शाहरुखलाई कारवाही गर्दै ६ फ्रेवअरीमा नोटिस पठाएका थिए । बीएमसीले नोटिस अवधि समाप्त हुँदा पनि कुनै जवाफ नआएपछि पर्खाल तोडेको थियो । र अन्य कारवाही सुरु गरेको थियो ।

कार्यकर्ताहरुको आरोप थियो कि पर्खाल बनाएर शाहरुखले सार्वजनिक जमीन कब्जा गरेका थिए । त्यो आरोपपछि बीएमसीले शाहरुखको पर्खाल तोड्दै १.९३ लाख रुपैयाँको जरिवानासहित अन्तिम नोटिस पठाएको थियो ।

उक्त नोटिसपछि शाहरुखले घटनालाई अन्त्य गर्दै चुपचाप चेकमार्फत जरिवाना तिरेको समाचार भारतीय च्यानल आजतकले प्रकाशित गरेको छ ।