हामी सबैको अन्तिम गन्तब्य एवं सपनाको देश हो अमेरिका । भविष्य उज्जवलमय बनाउन मानिस अमेरिका आउछन । जतिसुकै जसले जे धाक र धक्कु लगाए पनि मानिस डलर कमाउन अमेरिका आएका हुन्छन । अमेरिकामा मानिस हराउने, कमाउने अनि रमाउने हुन्छन र क्रम निरन्तर छ । अमेरिकाले मोहनी लगाएकोले अमेरिका छिर्न ५० लाख तस्करलाई दिन्छन ।
अमेरिकामा भागदौडको जिन्दगी छ । मानिस व्यस्त हुने हुनाले कामको फुर्सद कम हुने हुनाले ४ दिनको जिन्दगीमा मरेर के लानु भन्ने लागेर कमाउनेको साथै रमाउनेमा बिताउने हुन्छन । परिवार, साथी तथा एकल रुपमा मनोरंजन गर्न मन पराउने र रमाउनेमा समय बिताउने वर्ग पनि पाईन्छन ।
शनिबार र आइतबारको छुट्टिलाई उपयोग गर्न उनीहरुले जानेका हुन्छन । एक दिन मर्ने हो भन्ने मनमा लिएर अमेरिका उनीहरुलाई लागेको हुन्छ । परिवार भाडमा जाओस आफू मनोरञ्जन गर्नेतर्फ रातभर साथीभाई हाहाहुहु तर्फ लाग्ने प्रशस्त पुरुष तथा महिला भेटिन्छन । उनीहरुलाई टोक्ने कोहि हुदैन ।
बिशेष त नेपालबाट एकल रुपमा आएका केटाकेटी, बिबाहित पुरुष या महिलालाई अमेरिका पसे पछि कमाउने र रमाउने लत लागेको हुन्छ । कमाउने स्रोत र बाटो भएकोले अमेरिकामा अर्काको भरमा जीवन चलाएका हुदैनन् ।
पुरुषले मात्र कमाउने चलन हुदैन र महिलाहरु आर्थिक पक्षमा बोलियो हुन्छन । आर्थिक सशक्तिकरण भएकोले महिला वर्गलाई नेपाल जस्तो छुन सकिदैन किनभने महिला तथा पुरुष अमेरिकामा समान हुन्छन । अमेरिकामा स्वतन्त्रता पनि छ । ज्यादा स्वतन्त्र गर्न पाईन्छ भन्ने गलत अर्थमा कमाउने र रमाउने जालमा फ़स्दछन । अन्य मुलुकबाट आएका पुरुष तथा महिला, किशोर–किशोरी, बालबालिकालाई अमेरिकाको वातावरणले प्रभाव पार्दछ । अमेरिका आएपछि चन्द्रमा आफै पुगेको जस्तो लागेर खुट्टा भुईमा नहुने र अहमताका शिकार बन्न पुग्दछन ।
अमेरिकनलाई भन्दा प्रवासी नेपाली एक कदम अगाडी बढ्ने जस्तो पनि देखिन्छ । रहन सहन, खुवाई पिआई, हाउ भाउ र अमेरिकाको हावाले गर्दा हाम्रो धरातल बिर्सेर अमेरिकन भन्दा ज्यादा अमेरिकन हुन् खोज्ने नेपाली भेटिन्छन ।
बिशेष त एकल रुपमा अमेरिका कमाउन आउनेले अमेरिकामा कमाएपछि रमाउनुपर्छ भन्ने मस्तिस्कमा हुन्छ । पुरुषले ‘मर्ता क्या नही कर्ता’ भन्ने सोच्दछन भने अमेरिका छिरेका महिला अब घरको चार दिवारमा बस्ने जमाना गयो भनि सोच्दछन । बिद्यार्थीहरु पढ्ने उद्देश्यले आएपनि कमाउने पढाई खर्च जुटाउने र रमाउनेतर्फ पनि धकेलिन्छन् ।
धनी वर्गले आफ्ना सन्तानलाई अमेरिका पठाउने गर्छन तर पैसा पठाएर खर्च धन्न नसक्ने हुनाले सुनको चम्चाले खाने बिद्यार्थी यहाँ कमाउने गरेपछि अलिकति रमाइलो गर्न पल्किन्छ । घुम्ने, रमाउने धेरै उपाय मध्ये जुवा घर जाने, मनोरंजन स्थल, क्रिडा स्थल (नाइट क्लब) पैसा उडाउने लत लागेपछि दलदलमा फ़स्दछन ।
एकल र साथी भाईको कारण अलिक खतरा क्रिडा स्थल (क्लब) जाने पनि बाकि राख्दैनन् । यस्ता स्थल जान मुद्रा(पैसा)को निकै आवश्यकता पर्दछ । नशा जस्तै लाग्ने भएकोले एकपटक गएपछि पटक पटक जाऔं जाऔं लाग्ने हुनाले कमाउने भन्दा गुमाउने हुन्छन ।
यो लतले किशोर किशोरीदेखि अबिबाहित, बिबाहित एकल सबैलाई गाज्द्छ । मनोरञ्जन गर्ने भएपछि काम गर्ने र फुर्सद भयो कि यस्तैमा ज्यादा चाहने हुनाले ढिला घर आउने, साथीभाईसंग हाहा हुहु गरेर मध्यरातमा आउने सामान्य हुन्छ । यस्तोमा फसेपछि घरको ३० बर्षे र अन्य खर्च व्यवस्थापन डामाडोल पनि हुन्छ ।
अनि आर्थिक समस्या जटिल बन्ने गर्छ । तर, किशोर किशोरी, महिला तथा पुरुष परिवार साथ र सगोलमा छन् भने अलिक नियन्त्रिण हुन्छ । तर, नेपालबाट एकल आएका छन् भने टोक्ने र रोक्ने कोहि नहुने हुनाले अमेरिका आईएको छ ? किन मोज मस्ती गरि नरमाउने ? भन्ने सोचको कारण आर्थिक क्षति मात्र नभई ठुलो समस्या आईपर्द्छ ।
अमेरिकामा सबैले कमाउने भएकोले नटेर्ने हुँदा कलह र अशान्ति हुन्छ । यसैको कारण मनमुटाव, झगडा र छुट्टिने र छोरा छोरीलाई घरबाट निस्क पनि भन्नुपर्ने अवस्था हुन्छ । ज्यादा रमाउने र खर्च गर्ने कुलतले पारिवारिक बातावरण बिगारी दिन्छ ।
नेपालमा भान्छा, चुलो र चौकामा जिन्दगी बिताएका महिला अझ अमेरिकामा आएपछि कमाउन थालेपछि स्वतन्त्रता खोज्ने गर्छन । कुरा नमिले पारपाचुके(डिभोर्स) अवस्था सम्म हुनेगर्छ । नेपालमा महिलालाई दलेर र उप्पर खुट्टी लगाएर खाने पुरुषको अमेरिकामा हात बाधिन्छ्न । नेपालमा मनभित्र ज्वालामुखी थामेर बसेका महिला पुरुषको त्यो ब्यबहार अमेरिकामा आफू मात्र रमाउने कुरा ठ्यामै सह्दैनन ।
नेपालमा रहेका एकल पितृ सतात्मक सोच र चिन्तन भएका पुरुषको अमेरिकामा दाल गल्दैन । नेपालमा पुरुष आफू मात्र रमाउन जाने गरेकोले यहाँ त्यस्तो गरे बिस्फोट हुन्छ । अमेरिकामा परिवार साथ मनोरंजन, घुमघामको साथै रमाउने प्रचलन हुन्छ ।
मुग्लानमा अभिभावकको पनि त्यति नै आवश्यकतापर्द्छ नत्र बिद्यार्थी पत्रु भएका छन् । रमाउने नाममा ज्यादा रमाउने हुँदा कमाउने बिद्यार्थीले नेपालमा पैसा पठाउनुपर्ने नहुनाले रमाइलो गर्दै जाँदा टाट पल्टने स्थिति पनि आउदछ । उल्टै नेपालबाट द्रब्य(पैसा) मगाएर काम चलाउनुपर्ने अवस्था पनि सिर्जना हुन्छ ।
अमेरिका साहुको ऋण लिएर पठाएको छोरा, भाई, पति, पत्नी, बुवा तथा आमा किशोर किशोरी, महिला तथा पुरुष अमेरिकामा हराउने, कमाउने र रमाउनेको कारण थुप्रै परिवार बिल्लीबाठ भएका छन् । अरुले के गर्यो भनि ज्यादा खोजिनीति गर्दा अमेरिकामा अस्वाभाविक हुन्छ ।
अमेरिकामा मेहनत र कडा परिश्रम गरे त्यो भन्दा धेरै कमाउद्छन । अमेरिका छिरेका नेपाली ज्यादा काम गर्छन किनभने डलरको कमाइ हुन्छ । कामको बोझ ज्यादा हुने हुनाले मानिसलाई आराम पनि चाहिन्छ । अमेरिकामा कामको प्रवृति बिल्कुल फरक र ज्यादा जोतिनुपर्ने हुनाले आराम गर्न २ दिन छुट्टी दिइन्छ । अमेरिकामा अन्य देशबाट आएका मानिस अलिक आराममा कन्जुस गर्दछन किनभने जसरि भए पनि डलर कमाउने जुक्तिमा लाग्दछन ।
दुई दिनको बिदालाई आराम गर्नु को सट्टा रमाउने नशा लागेकाहरुलाई त्यसले केहि असर गर्दैन । काग कराउदै जान्छ पिना सुक्दै जान्छ भने जस्तै छुट्टीको २ दिनमा पनि मनोरंजन र रमाइलोमा बित्दछ । किनभने २ दिनमा सबै चिज भ्याउनुपर्ने हुन्छ । कतिखेर शुक्रबार आउला कि भनि प्रतिक्षा गरि रहेकालाई शुक्रबारदेखि आईतबारसम्म रमाईलै रमाइलो ।
अमेरिकामा जे गर्दा पनि हुने हुनाले हराए पनि भो, बोरा भरि कमाए पनि भो र दुई दिने जिन्दगानीमा के हो के हो ? जति रमाए पनि भो । किन खसखस ? अरुलाई टाउको किन दुख्नु ? जे भनेता पनि नजानिदो चालले अमेरिका हामी सबै हराउन चाहन्छौ, डलर कमाउन चाहन्छौ र यसको साथै रमाउन चाहन्छौ ।
सक्किगोनि !















प्रतिक्रिया