३० आश्विन २०८३, शुक्रबार

सन फ्रान्सिस्कोमा सोनाम ल्होछार मनाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

san fransisco sonam lochar
सानफ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाको सन फ्रन्स्सिस्कोमा बांदर वर्षको रूपमा लिईने २८५२ औं सोनामा लोछर भव्य रूपमा मनाईदै छ ।
उक्त क्षेत्र वरिपरि बस्ने तमाङग समुदायहरुले आफ्नो संस्कार र संस्कृतिको जगेर्णा र प्रबर्धन गर्ने उद्देश्यले हरेक वर्ष यो पर्व मनाउदै आएका छन् ।
सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने तमाङगहरुको सङ्गठन तमाङग को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा हुन लागेको यो पर्व फेब्रुअरी २० शनिवारका दिन आयोजना गर्न गईरहेकाछन । बिहान १० बजे बौद्ध धर्मको परम्परा अनुसार आनी याङ्चेन लामाद्वारा पूजा पाठ गरी कार्यक्रमको सुरुवात गर्ने आयोजकले जानकारी दिएकाछन ।
संस्थाका अध्यक्ष प्रकाश लामा नै संयोजक रहनु भएको सो कार्यक्रम 1901 San Pablo Ave, Berkley  मा हुने कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने सबैलाई आउनको लागि अनुरोध समेत गरेका छन ।
कार्यक्रमा साथानीय दिदी बहिनीहरूले पकाउनु भएको स्वादिष्ट नेपाली पारीकारको साथमा साँझ छ बजे देखी स्थानीय कलाकारद्वारा धमाकेदार सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने संस्थाकी कोषाध्यक्ष सरिता स्याङ्बो लामाले बताईन ।