१ कार्तिक २०८३, शनिबार

यसरी सम्झिइन् मनीषाले सुशीललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manisha Koiralaकाठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति चिन्ता जनाएकी छिन् । उनले कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आफूले असाध्यै प्रेम गर्ने व्यक्तिका रुपमा प्रस्तुत गरेकी छिन् ।

मनीषाले ट्वीटरमा ट्वीट गर्दै लेखेकी छन्, ‘म उहाँलाई असाध्यै प्रेम गर्थे ।’ मनीषाले सुशीलसँगको तस्बिर पनि पोष्ट गरेकी छन् । नाताले मनीषा सुशीलकि नातिनी पर्छिन् ।

मनीषा प्रकाश कोइरालाकी छोरी हुन् । प्रकाश बीपी कोइरालाका भाइ हुन् । मनीषा ले सुशीलसँगका क्षणहरु पनि सम्झिएकी छिन् । बलिउड फिल्ममा सक्रिय मनीषा नेपाल आउँदा सुशीललाई भेट्ने गथिन् ।

नेपालमा फिल्म ‘फेरि भेटौला’बाट फिल्म यात्रा सुरु गरेकी मनीषाको बलिउडको डेब्यू फिल्म ‘सौदागर’ हो ।