१ कार्तिक २०८३, शनिबार

‘भाग्यले बाँचेकाहरु’ ले जित्यो भारतमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhagyale-Bachekaharu-Ganesh-Panday-Documentary

काठमाडौँ, २८ माघ । विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा मंगलबार सम्पन्न तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ले उत्कृष्ट डकुमेन्ट्री–जुरी अवार्ड जितेको हो । गत महिना काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो । भारतमा समेत अवार्ड जित्दा आफू निकै उत्साहित भएको वृत्तचित्रका निर्देशक गणेश पाण्डेले बताए । उनका अनुसार, अर्को साता युरोपियन मुलुक सोल्भानियामा हुने माउन्टेन फिल्म महोत्सव र क्यानडाको टोरोन्टो नेपाली फिल्म फेस्टिबलसहित विश्वका दुई दर्जन चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ ।

Noida-Film-Festival-logo

‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् । यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।