२४ कार्तिक २०८३, मंगलबार

नेपाल नामिबियासँग पनि पराजित, विश्वकप क्रिकेटको यात्रा समाप्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NepalvsNamibia-1000x0

काठमाडौँ, २८ माघ । उन्नाइस वर्षमुनि (यू–१९) उमेर समूहको विश्वकप क्रिकेट अन्तर्गत ‘प्ले अफ’ खेलमा नेपाल नामिबियासँग १५ रनले पराजित भएको छ ।

बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अलि रङ्गशालामा आज भएको सातौँ स्थानको ‘प्ले अफ’ म्याचमा टस जित्दै व्याटिङ रोजेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो ।

२२६ रनको लक्ष्य पछ्याएको नेपाल ४४.२ ओभरको समाप्तिमा सबै विकेट गुमाएर २१० रनमा समेटियो । आजको हारसँगै नेपालको विश्वकपको बाटो बन्द भएको छ अर्थात पछाडी धकेलिएको छ ।

आजको खेल जितेको भए नेपाल न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश गर्दथ्यो । तर, हारले अब फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नुपर्नेछ ।

यसअघि आफ्नो छैठौं खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल पाँचौं खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपालको तर्फबाट सुनील धमलाले सर्वाधिक ८४ बलमा ५९ रन बनाए । नामिबियाका फ्रेटज कोट्जी र माइकल भान लिङेगेनले नेपालका ३÷३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाका लागि लोहान लरेन्सले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै माइकल भान लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे ।

नामिबियालाई २२५ रनमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले तीन विकेट लिए भने सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले समान एक/एक विकेट लिए ।