१ कार्तिक २०८३, शनिबार

अमेरिकामा मन पराइए निखिल, खुसी हुँदै भन्छन् विश्वासै थिएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nikhil-Upreti-Bhairav-Nepali-Movieसनफ्रान्सिस्को । अमेरिकाका नेपालीको प्रतिक्रिया लिने इच्छा व्यक्त गर्दै यहाँ आएका चर्चित अभिनेता निखिल उप्रेतीको भैरवले क्यालिफोर्नियास्थित बेएरियामा रहेका नेपालीको मन जितेको छ ।

‘निखिलको भैरव चलचित्र हेरेपछि नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका चलचित्र बन्न थालेछन् भन्ने प्रष्ट भयो, खुसी लाग्यो’ बुधबार चलचित्र हेरेपछि दर्शकहरुले भनेका छन् । बेएरियामा नेपाली साँस्कृतिक केन्द्र बनाउने प्रयोजनका साथ भैरव चलचित्रको च्यारिटी शो गरिएको हो ।

नेपाली दर्शकहरुले जुन रुपको माया दिने अपेक्षा गरेको थिए, त्यो पाएँ, म प्रशन्न छु, नायक तथा निर्माता निखिलले भनेका छन् ।

आयोजक मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे र अभिनेता निखिल उप्रेतीलाई मञ्चमा बोलाएर उद्घोषक प्रिन्स युवराज कार्कीले चलचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्न लगाएका थिए । पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि चलचित्र सुरु गरिएको थियो ।

नेपाली चलचित्रमा युवा पिढीका प्रिय नायक निखिल उप्रेतीले अमेरिका आउनु अघि काठमाडौंमा नेपाली पत्रकारलाई भनेका थिए, अमेरिकामा नेपालीसँग बसेर चलचित्र भैरव’ हेर्न र उहाँहरुको ‘फिडब्याक लिन म आतुर छु ।

‘नेपालको राजनीतिक खिचातानीको विषयमा आधारित चलचित्र भैरव नेपालमा रहेका नेपालीले त मन पराएका थिए नै, विदेशमा रहेका नेपालीले अझ बढी मन पराए, मेरो अपेक्षा पूरा भयो, निखिलले भने ।

चलचित्र प्रदर्शनपछि माघ २८ गतेकै दिन अभिनेता निखिल नेपालका लागि उडेका छन् । उनको भ्रमण तथा आवासको व्यवस्था आयोजक सामाजिक संस्था मदरल्याण्ड नेपालले नै मिलाएको हो ।

अमेरिकाकै अन्य ठाउँबाट पनि भैरव देखाउन निम्ता त आएको थियो, तर व्यस्तताका कारण यस पटक सम्भव भएन, अभिनेता निखिलले जानकारी दिए ।

मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेका अनुसार ‘भैरव’ को प्रदर्शनबाट उठेको रकम बे–एरियामै मदरल्याण्ड सांस्कृतिक केन्द्र खोल्ने अभियानमा लगाइने र पहिला उनले घोषणा गरेको २५ हजार डलर पनि यसैमा लगाउने छ ।

‘मैले पहिला नै स्थानीय नेपाली समुदायकाबीच गरेको कबुल अनुसारको धनराशि पनि म यही केन्द्रका लागि लगाउनेछु’ सो क्षेत्रका लागि नेपाली पर्यटनदूत पनि रहेका पाण्डेले जानकारी गराए ।

हेर्नुस् ट्रेलरः 

anil 1 anil 2 anil 3 anil 4 anil 6