२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले बोलाए ५ बजे मन्त्रिपरिषदको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका पाँच बजेबस्नेछ ।

बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल हुने स्रोतले जनाएको छ । भारत भ्रमणको विषयमा नयाँदिल्ली पुगेर आउनुभएका अर्थमन्त्री विष्णु पौडेलले सो विषयमा मन्त्रिपरिषदलाई जानकारी गराउनु हुनेछ ।

प्रधानमन्त्रीको व्यस्तताका कारण मन्त्रिपरिषदको बैठक बेलुका पाँच बजे बालुवाटारमा बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री ओली १ बजे एमाले निकट अखिलको सम्मेलन उद्घाटनका लागि भृकुटीमण्डप जाने कार्यक्रम छ । आजदेखि अखिलको सम्मेलन सुरु हुँदैछ ।