७ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्रीलाई पत्नी जोगाउन भ्याइनभ्याइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nilam Kcकाठमाडौं, २८ माघ । वामपन्थी आन्दोलन तथा झापा काण्डका अगुवा चन्द्रप्रकाश मैनाली अर्थात सीपी मैनाली अहिले उपप्रधान एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री छन् ।

राजनीतिमा आफूभन्दा जुनियर केपी ओली मुलुकको दोस्रो ठूलो दलको अध्यक्ष हुँदै प्रधानमन्त्री बनेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

ओलीको सरकारमा उपप्रधान र महिला मन्त्रालयको जिम्मेवारी सम्हालेका मैनालीलाई राज्यको काम गर्नुभन्दा आफ्नी पत्नी नीलम केसी खड्काको बचाउ गर्नैमा दिन बित्ने गरेको छ ।

अघिल्लो सरकारका पालामा महिला बालिबालिका तथा समाज कल्याणमन्त्री बनेकी नीलमले मन्त्रालय र मन्त्रालय मातहतका विभाग तथा कार्यालयहरूबाट करोडौं रुपियाँ भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुन्धान आयोगसम्म पुगेपछि मैनालीलाई पत्नी बचाउन हम्मेहम्मे परेको हो ।

उपप्रधानमन्त्री मैनालीले आफ्नी पत्नी नीलमलाई सहयोग नगरेको भन्दै समाजकल्याण परिषद्का सदस्य सचिव रविन्द्र कुमारलाई बलिको बोको बनाएका छन् ।

निलमले परिषद्मा गरेको अनियमितता र भ्रष्टाचारको सबै प्रमाण अख्तियारसम्म पु-याइ दिएका थिए रविन्द्रले । यो जानकारी पाएपछि मैनालीले रविन्द्रलाई सदस्य सचिवबाट हटाउन हरमग्दुर प्रयास गरे । तर, केही सिप नलागेपछि राजनीतिक नियुक्ति पाएका रविन्द्रलाई मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा हाजिर हुन पत्र पठाएका थिए ।

CP Mainaliतर, मन्त्री मैनालीलाई के थाहा भएन भने राजनीतिक नियुक्त पाएको व्यक्तिलाई साधारण कर्मचारी सरह सरुवा गर्न पाईंदैन । रविन्द्र पनि के कम मन्त्रालय जानुको साटो उनी सर्वोच्च अदालत पुगेर अन्तरकालीन आदेश गराए । यो आदेशले तिलमिलाएका उपप्रधानमन्त्री मैनाली समाजकल्याण परिषद्को लैनचौरस्थित कार्यालय पुगेर रविन्द्र बस्ने कार्यकक्षमा आफै ताला लगाइ दिए । कार्यालयका पियनसँग ताला मागेर ताला लगाइ मैनालीले त्यसको चाबी आफैसँग राख्ने गरेका छन् ।

पत्नी केसीले आफ्नो कार्यकालमा सदस्य सचिव रविन्द्रसँग दुई करोड रुपियाँ माग गरेकी थिइन् । तर रविन्द्रले आफूले दिन नसक्ने जनाएपछि परिषद्को नाममा मन्त्रालयबाट निर्णय गराइ करोडौँ रुपियाँ भ्रष्टाचार गरेकी थिइन् । केसीले परिषद्का नाममा रहेका घर जग्गाहरूमा भ्रष्टाचार गरी भाडा तथा ठेक्कामा लगाएकी थिइन । परिषदमा केसीले गरेको सबै जानकारी रविन्द्रले अख्तियारमा पु¥याइ दिए ।

अहिले अख्तियारले केसीको दोलो काडेको छ । बयान दिँदा दिँदा आजित बनेकी मैनालीकी पत्नी पूर्व मन्त्री केसीले सदस्य सचिव रविन्द्रलाई अहिले पनि पतिको आडमा दुःख दिँदै आएकी छिन् । रविन्द्रले २०६८ साल फागुन २९ गते परिषदमा राजनीतिक नियुक्ति पाएका थिए ।

उनको कार्यकाल अब मुस्किलले एक महिना मात्रै बाँकी छ । रविन्द्रको कार्यकाल सक्किएपछि सो परिषद्को सदस्य सचिव आफूले भनेको मान्छे नियुक्त गरी आफ्नी पत्नी केसीले गरेको भ्रष्टाचारको सबै प्रमाण नष्ट गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

सदस्य सचिव कार्यकक्षमा उपप्रधानमन्त्री मैनालीले ताला लगाइदिएपछि परिषद्को अत्यावसेक काम चिया पसलमा बसेर रविन्द्रले गर्दै आएका छन् । उपप्रधानमन्त्री मैनालीको यस्तो कार्यको सबैले बिरोध गरेका छन् । यस विषयमा प्रधानमन्त्री ओलीसम्म पुगाइएको छ । तर, ओलीले पनि मैनालीलाई केही भन्न सकेका छैनन् ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेका मैनालीलाई पत्नी केसीले पनि हैरान गर्ने गरेको मन्त्रालयका कर्मचारीहरूले बताउने गरेका छन् । मैनाली र केसी मिलेर वृद्धवृद्धा र बालबालिकाको नाममा आउने रकममा भ्रष्टाचार गर्दैमा दिन वित्ने गरेको स्रोतको भनाइ छ । मैनाली मन्त्रालय नगएको दिनमा दिनभरि पत्नी केसी मन्त्रालयमा बसेर फाइल गनेर पैसा माग्ने गरेको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए ।