काठमाडौं, २८ माघ । गृह मन्त्रालयले गत साता नेपाल प्रहरीका २२ जना डिआईजीहरुको सरुवा गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कसलाई पठाउने भन्ने विषयमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले ठूलै रडाको मच्चाएको खबर छ ।
कार्कीले आफ्नो स्वार्थ अनुकुल अख्तियारमा कार्यरत डिआईजी पशुपति उपाध्यायलाई मध्यक्षेत्रमा पठाउन सफल भएपछि अख्तियारमा कसलाई ल्याउने भन्ने विषयमा प्रहरीसँग राय मागेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
स्रोतका अनुसार त्यसपछि आईजीपी उपेन्द्रकान्त अर्यालले आफ्ना विश्वासपात्र डिआईजी देबेन्द्र सुवेदीलाई अख्तियार पठाउन खोजे । तर, कार्कीले सुवेदीलाई ठाडै इन्कार गरेपछि अर्यालले डिआईजी माधव जोशीलाई सिफारिस गरे । जोशीलाई पनि कार्कीले नरुचाएपछि तेस्रो पटकमा हेमन्त मल्ल ठकुरी कार्कीको रोजाइमा परी अख्तियारमा सरुवा भए ।
आईजीपी अर्यालको स्वार्थ बुझ्न कार्कीले यस्तो खेल रचेको प्रहरीमा चर्चा छ । त्यसो त ललितपुर घुस काण्डमा मुछिएर हेडक्वार्टरमा तानिएका एसएसपी पिताम्बर अधिकारीलाई पुनः ललितपुरमा नै पठाई आईजीपी अर्यालले अख्तियार प्रमुख कार्कीलाई ठाडै चुनौती दिएका छन् ।















प्रतिक्रिया