
काठमाडौं, २७ माघ । बुधबार राति नेपालमा फेरि भूकम्प गएको छ ।
सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बुधबार राति १० बजेर १२ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पले धक्काले सिन्धुपाल्चोकसहित काठमाडौं, भक्तपुर र ललितपुलाई पुरै हल्लाएको छ । धेरैले कडा धक्का महसुस गरेको बताएका छन् । यसका अलावा नुवाकोट, काभ्रे लगायतका जिल्लामा पनि धक्का महसुस गरिएको छ ।
यसअघि पाँच दिन पहिले आजकै समयमा ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।












प्रतिक्रिया