२४ कार्तिक २०८३, मंगलबार

निधन भएपछि पनि कोइरालालाई मधेसी मोर्चाले छाडेन्, यसरी लगायो आक्षेप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadav

काठमाडौं, २७ माघ । मंगलबार निधन भएका कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालामाथि तराईमा आन्दोलनरत मधेसी मोर्चाले गम्भीर आक्षेप लगाएको छ ।

मोर्चाका प्रमुख नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कोइरालाको निधन भएको दोस्रो बारा जिल्ला पुगेर उनीमाथि मधेस विरोधीको आक्षेप लगाएका हुन् ।

बुधबार बारामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले मधेस आन्दोलनले शासकहरुको ढाड भाची सकेको र अब ढल्न मात्र बाँकी रहेको बताए । ‘मधेस विरोधी संविधान जारी गर्ने सुशील कोइराला वित्नुभयो’, नेता यादबले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने– ‘अब अर्काको पतन हुन्छ ।’

मंगलबार निधन भएका कोइरालाप्रति रंगशालामा लाखौले अन्तिम श्रद्धाञ्जली अपर्ण गरिरहेका बेला यादव भने कोइरालासँग यसरी आक्रोशित बनेका हुन् । कोइरालाको निधनलाई उनले आफ्नो विजयी समेत ठाने ।

अर्काे प्रसंगमा नेता यादवले मधेस, पहाड र हिमालबाट भीषण आन्दोलनको तयारी भईरहेको बताए । २ सय बर्षदेखि शोषित रहेका मधेस, पहाड हिमालका जनताले अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।

नेता यादवले भने– ‘आन्दोलन तुहियो भनेर शासकहरु रमाइ रहेका छन्, तर अगामी दिनमा मधेसमा मात्र नभई पहाडमा पनि भीषण आन्दोलन हुन्छ ।’ आन्दोलन समाप्त नभएको बताउदै उनले स्वरुप मात्र परिवर्तन गरेको स्पष्ट पारे ।