
काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शवयात्रा सुरु गरिएको छ ।
बुधबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १. ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखेर शवयात्रा सुरु गरिएको हो ।
शवयात्रा थापाथली, सिंहदरबार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइनेछ ।
शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइरालासहित हजारौ शुभचिन्तक तथा सर्वसाधारणको सहभागिता छ ।
कोइरालाको आज अपराह्न राजकीय सम्मानका साथ अन्तेष्टि गरिँदैछ । मंगलबार राति १२ बजेर ५० मिनेटमा कोइरालाको निध भएको थियो ।












प्रतिक्रिया