२९ आश्विन २०८३, बिहिबार

प्रहरी चौकीमा कैदीमाथि यस्तो व्यवहार गर्दा डीआईजी आफै परे फन्दामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

waife kutpitकाठमाडौं । जनताको सेवा सुरक्षा र कानुनको पहरेदारका रुपमा खटिएका भारतीय प्रहरीका एक डीआईजी आफै कानुनको फन्दामा परेका छन् ।

जयपुरको एक अदालतले सोमवार नागरिक अधिकार केन्द्र सम्हालिरहेका डिप्टी इन्स्पेक्टर जनरल (डीआईजी) सत्य नारायण खीन्चीलाई १६ वर्ष पुरानो ज्यादति मुद्दामा दुई वर्षको जेल सजायँ सुनाएको छ ।

खीन्चीले इन्सपेक्टर हुँदा पुलिस स्टेशनमा तीन जनालाई मरणासन्न कुटपीट गरेका थिए । त्यो बेला उनी राजसमन्दमा एडिशनल सुपरिटेन्डेन्ट अफ पुलिस थिए ।

राजसमन्दका प्रहरी प्रमुख एडिशनल चीफ ज्यूडिशियल मजिस्ट्रेट भानु कुमारले खीन्चीलाई अपराधी भन्दै उनलाई सजायँ स्परुप एक महिना निलम्बन समेत गरेका थिए ।

भारतीय च्यानल आजतकका अनुसार सन् २००० सालमा एक समुदायमा मानिसले तीन जनाविरुद्ध आफ्नो धार्मिक भावनामा ठेस पुगाएको आरोप लगाएका थिए । त्यसपछि उनीहरुलाई राजसमन्दको स्थानीय पुलिस स्टेशन ल्याइएको थियो । जहाा एसएचओको निर्देशनमा खीन्चीले उनलाई मरणासन्न कुटेका थिए ।

त्यसपछि पीडित तिनै जनाले अदालतमा खीन्चीविरुद्ध मुद्दा हालेका थिए । अहिले खीन्ची बढुवा हुँदै डीआईजी सम्म भइसकेका थिए ।