
मुम्बई । बलिउडका चर्चित कमेडियन गुरप्रीत घुग्गी आम आदमी(आप) पार्टीमा प्रवेश गरेका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल संयोजक रहेको आप भारतमा पछिल्लो समय उदाउदो पार्टी हो । भारतको पञ्जाब प्रान्तमा छिट्टै हुन गइरको विधानसभा चुनाव अगाडि कमेडियन गुरप्रीत घुग्गी आपमा प्रवेश गर्नुलाई महत्वका साथ हेरिएको छ ।
उसो त आप देशभरी आफ्नो संगठन बोलियो बनाउन कसरत गरिरहेको छ । यसैक्रममा कमेडियन गुरप्रीत घुग्गी बुधवार प्रवेश गरेपछि आप अझै बोलियो बनेको ठानिएको छ ।
पार्टी प्रवेश गर्दै गुरप्रीत घुग्गीले भनेका छन्– म पञ्जाबको अवस्था देखेर राजनीतिमा आएको हुँ नत्र भने राजनीतिमा आउने मेरो कुनै इच्छा थिएन् । पञ्जाबलाई परिवर्तन गर्नु र नमूना राज्य बनाउन मेरो पहल हुनेछ ।















प्रतिक्रिया