२९ आश्विन २०८३, बिहिबार

‘म माग्‍दिनँ, दिएको जिम्‍मेवारी लिन्‍छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netaकाठमाडौं, ४ साउन । पार्टीमा कार्यकारी पदबाट बिदा भएका एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालको अबको बाटो कुन होरु आकर्षक व्यक्तित्वका धनी नेतामध्ये अग्रपंक्तिमा पर्ने खनालले जबाफ दिए, ‘अब म पार्टीको कार्यकारी पदतिर फर्किन्नँ। राज्य, जनता र पार्टीले मेरो योग्यता र क्षमताले भ्याउने जिम्मेवारी दिए वहन गर्न तयार छु।’

दोस्रो संविधानसभा निर्वाचनयता पार्टीभित्र कार्यकारी पदबाट सम्मानजनक बिदाइ गर्न खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा चल्ने गरेको छ।

यसबारे खनाल भन्छन्, ‘मेरो केही भन्‍नु छैन, मैले जीवनभर पदको आस गरिनँ र अब पनि छैन।’ आफ्नो योग्यता र क्षमताको प्रयोग पार्टीले गर्न खोजे तयार रहेको पनि उनले बताए।

अब राष्ट्रपतिलगायत सर्वोच्च पदतिर जाने हो तरु उनको जबाफ थियो, ‘समयले कुनै जिम्मेवारी दिन्छ भने दायित्व निर्वाह गर्न सक्षम छु।’ अन्नपूर्ण पोष्ट दैनिकबाट