सुशील कोइराला नेपालको राजनीतिक इतिहासका एक महान व्यक्तित्व र अनुकरणीय व्यक्ति हुन् । उनको जस्तो सादगी पूर्ण जिन्दगीले संसारमा हरेक महान व्यक्तिलार्इ बिना रबाफ बाच्न र योगदान दिन सिकाउछ ।
नेपालको राजनीतिक इतिहासमा कोइराला परिवारभित्रका बिपी, मात्रिका, गिरिजा र सुशील ४ जनाले नेपालको राजनीतिको केन्द्र भागमा उभ्याएर आफूलाई नेपाल तथा सिंगो बिश्वलाई परिचय दिन सफल भए ।
कृष्ण प्रसाद कोइरालाका ३ भाइ छोरा र उनकै कुलका र बीपीकै आदर्शमा र संनिकट्मा हुर्केका सुशील कोइरालासहित ४ जना एउटै परिवारबाट विभिन्न कालखण्डमा नेपालको प्रधानमन्त्री भएबाट यो कुराको पुष्टि हुन्छ । बिपी स्वप्न् दर्स्टा हुनुहुन्थ्यो उहाँकै नजिकमा रहेका सुशील कोइराला बीपीको पदचापलाइ पछ्याउन चाहन्थे । त्यति बेला नै बीपीले नेहरु, माओ तथा अन्य मुलुक र समुदायबाट अन्तराष्ट्रिय नेताको मान्यता पाइसक्नु भएको अबस्थामा बीपीको त्यो छबि र बिरासतभित्र सुशील कोइरालाले आफूलाई पनि अगाडी बढाउने प्रयास गरे ।
प्रजातान्त्रिक आदर्शप्रतिको प्रतिबद्धताले उनलाई नेपालको जहानिया राणासासन र निरंकुश पञ्चायती ब्यबस्थालाइ उखेलेर फाल्न क्रान्तिकारिताको मुर्त आशाले उनलाई सधै डोराइ रह्यो । जहानिया राणा शासनको अन्त्य आफ्नै परिवारको मुख्य भूमिकामा भएको सानै उमेरमा देखेका सुशील चढ्दो उमेरका दिनहरुमा उनलाई पञ्चायतको बिरुद्दमा लडाई लड्न प्रेरणा बन्यो । बिराट्नगर पटना प्लेन हाइज्याकदेखि मजदुर र किसानको बिचमा संगठन निर्माण गरेर पार्टी शक्ति निर्माण गर्ने काम नगरेको भए क्रान्तिको बिगुल फुकिसकेको अवस्थामा परिस्थिति त्यति सहज हुने थिएन ।
उहाँको क्रान्ति प्रतिको अठोट, आट, संघर्ष निकै प्रेरणादायी छ, प्रजातन्त्र प्राप्तिको समय पश्चात आफ्नै कुलका आदर्श गिरिजाप्रसाद कोइरालाका प्रमुख सल्लाहकार भएर काम गर्ने ताका भने उहाँलाई पार्टीलार्इ गोप्य कोठरीमा सञ्चालन गरेको र राजनीतिको सकुनी भनेर पार्टीभित्रबाट आलोचना नभएको होइन २०४८ सालदेखि ६८ सम्म २० बर्ष राजनीतिको केन्द्र भागमा रहेका गिरिजा प्रसाद कोइरालाका सन्निकट र प्रमुख सलाहकार हुँदा मुलुक बर्बादीको दिशा उन्मुख हुँदा खासै यो दिशाबाट बचाउन उहाँको महत्वपुर्ण सहयोग र हस्तक्षेप हुन नसकेको कुरा घाम जत्तिकै छर्लंग भएता पनि राजा ज्ञानेन्द्रको कु पछि मुलुकले भिन्दै कोर्ष समात्न पुग्यो ।
पछि त्यो कोर्षलाई निस्कर्षमा पुर्याउने मामलामा २०७२ सालको असौज ३ गते घोषणा भै जारी भएको नेपालको संबिधान जारी गर्ने सन्दर्भमा विभिन्न शक्ति केन्द्रको प्रलोभनमा नपरेर तात्कालिन प्रधानमन्त्रीको नाताले संबिधान जारि गर्न दृढ संकल्पित हुनुभयो यो नै नेपाली जनता र मुलुकको लागि सबै भन्दा ठूलो योगदान हो । यो महत्वपुर्ण योगदानलाई मुलुक र जनताले कहिल्यै भुल्ने छैन उहाँको यो महानतालाई, सादगीपनलार्इ बुझेर नै हामी ढुक्क्साथ भन्न सक्छौ आदरणीय सुशील कोइराला एक महान त्यागी र एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ ।
नेपाली लोक, प्रजातान्त्रिक आन्दोलनको अबिस्रांत राज्योद्दा पूर्वप्रधानमँन्त्री तथा नेपाली कांग्रेसका सभापति आदरणीय सुशील कोइरालाको निधनले हामी सबैलाई अपुरणीय क्षति भएको महसुस गरेका छौ । उहाँप्रति भाबपुर्ण श्रद्धान्जलि ।
(लेखक नेपाली प्रवासी मंच अमेरिकाका सचिवालय सदस्य हुन ।)















प्रतिक्रिया